Monday, November 22, 2010

प्रशान्त र डेढ करोड


डेढ करोड नेट कलेक्सनका साथ प्रशान्त तामाङ स्टारर 'गोर्खापल्टन'ले शुक्रवारदेखि तेस्रो सातामा अग्रता हासिल गरिरहेको छ । डिजिटल सिनेमा नेपालको बक्सअफिसमा सप्ताहन्त राजेश वंशल निर्मित 'गोर्खापल्टन'ले उक्त कलेक्सनमा आफूलाई उभ्याएको हो । दोस्रो साताबाट केही खुम्चिएर 'गोर्खापल्टन' डीसीएन सर्भर जडित २४ थिएटरमा स्क्रिनिङ भैरहेको छ ।
शुक्रवारदेखि योगेश घिमिरेको 'तिमी मात्र तिमी' मोफसल र 'खुसी' देशब्यापी रिलिज हुँदा 'गोर्खापल्टन' आधा खुम्चिएको हो । विकेन्डको ७६ लाख कलेक्सनको अनुपातमा 'गोर्खापल्टन'ले दोस्रो साता पनि रिभेन्यूको सन्तुलन कायम राख्यो ।
'सोचेको भन्दा राम्रो कलेक्सन भयो' डीसीएन वितरण इन्चार्ज दीपक दंगालले मेरोसिनेमासँग भने 'नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, धरान लगायतका थिएटरमा गोर्खापल्टनको पिकअप अहिलेपनि उत्साहजनक छ । ती स्थानमा अन्य फिल्मले गोर्खापल्टनलाई विस्थापित गर्न हम्मे पर्नेछ ।' अघिल्ला दुईसाताको कलेक्सन अवस्थालाई हेर्दा तेस्रो सातापनि चलचित्रले राम्रो पिकअप गर्ने आशा दंगालले व्यक्त गरे । 'गोर्खापल्टन'को यो कलेक्सनमा संगीतबाट हुने आम्दानी समेटिएको छैन । पाइरेसीका कारण यकिन तथ्यांक बटुल्न कठिन भएको निर्माता वंशलले बताए ।
'गोर्खापल्टन'ले उत्साहजनक ब्यावसाय गर्नुमा प्रशान्त तामाङको लोकप्रियता र नेपाली समाजको यथार्थ लाहुरे संस्कृति कारक रहेको डीसीएनको ठम्याइ छ । प्रशान्त चलचित्र प्रमोसनपछि राजधानी फर्किएका छन् र शुक्रवार राजधानीको अष्टनारायण हलमा प्रशान्तको उपस्थितीमा 'गोर्खापल्टन'को प्रेस सो गरिनेछ ।

0 comments:

Post a Comment