Monday, November 22, 2010

अर्थमन्त्रीको ब्रिफकेशको मोल एक लाख


झापाका एक एमाले नेताले एकीकृत नेकपा माओवादीका सभासद्ले व्यवस्थापिका संसदमा अर्थमन्त्री सुरेन्द्र पाण्डेबाट खोसेर फुटाएको ब्रिफकेश आफूले किन्न चाहेको बताउनुभएको छ । बजेट भाषणका लागि तयारी रहेको सिलबन्दी उक्त ब्रिफकेश एकीकृत माओवादीले बर्बरता प्रदर्शन गर्दै फोरेको आरोप लगाउँदै त्यो इतिहास सन्ततीलाई देखाउनका लागि आफूले किनेर सङ्ग्रहालयमा राख्न चाहेको झापा मेचीनगरका स्थानीय एमाले नेता डिल्लीराम घिमिरेले बताउनुभएको हो ।आइतबार पत्रकार सम्मेलन गरी घिमिरेले नेपालको संसदीय इतिहासको कालो दिन सम्झनाका लागि यो ब्रिफकेश खरिद गर्न चाहेको र यसको मूल्य आफूले एक लाख रुपियाँ तोकेकोसमेत बताउनुभयो । एक लाख रुपियाँमा उक्त ब्रिफकेश आफूलाई उपलब्ध गराउन सरकारसँग अनुरोध गर्दै त्यसलाई सङ्ग्रहालयमा राखिने तर आफूले घरमा नराख्नेसमेत उहाँले स्पष्ट पार्नुभयो । आफूले तोकेको मूल्यमा सरकारले त्यो ब्रिफकेश उपलब्ध गराउने आशासमेत घिमिरेले गर्नुभएको छ । आफूले आमजनताको प्रतिनिधित्व गर्दै त्यो ब्रिफकेश खरिद गर्न चाहेको घिमिरेको भनाइ छ । शुक्रबार व्यवस्थापिका संसदमा बजेट पेस गर्न लाग्दा माओवादी सभासद्हरूले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हातपात गर्दै ब्रिफकेश खोसेर फोरेका थिए ।

0 comments:

Post a Comment