Wednesday, November 24, 2010

युवा विदेश पलायन हुँदा खेती हुन छोड्यो

जिल्लाका ग्रामीण भेगका युवाहरू वैदेशिक रोजगारीमा जाँदा गाउँमा रहेका खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् ।
जिल्लाको पश्चिम भेगका अधिकांश गाउँहरूका युवाहरू विदेशिदा धेरैजसो खेतीयोग्य जमिन बाँझै रहेका छन् ।
पश्चिमभेगको सिङ्गामा अन्य खेती लगाउनको लागि युवाको अभावले सुन्तलाखेती गर्न थालिएको छ ।
त्यस्तै जिल्लाको ताकम गाउमा पनि यस्तै अवस्था छ । युवाहरू गाउँ घरमा आम्दानीको स्रोत राम्रो नहुँदा रोजगारीका लागि विदेश जानेक्रम बढ्दै गएपछि गाउँमा बुढाबुढी र बालबालिकाहरू मात्र गाउँमा रहेको गर्ुजाकी ६५ वषीय इनी छन्त्याल बताउँछिन् ।तरकारी तथा बीउ उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको जिल्लाको अर्मन, ताकमलगायतका गाउँका युवा अहिले विदेशिने क्रम बढ्न थालेकाले गाउँमा मृत्यु संस्कारमा समेत समस्या हुन थालेको छ ।
मृत्यु भएमा मलामी जानको लागि युवाहरू नै जाने भएकाले अहिले बृद्ध र महिलाहरू पनि मलामी जान पर्ने बाध्यता रहेको मुनाका स्थानीय शिक्षकले बताए ।

0 comments:

Post a Comment