Sunday, November 21, 2010

नेपाली फिल्ममा ज्याकी, डेनी र गुल्शन


बलिउडका कलाकार ज्याकी श्राफ, डेनी डेङजोङ्पा र गुल्शन ग्रोभरले एकसाथ नेपाली फिल्म खेल्ने भएका छन्। आफूले समेत अभिनय गर्ने उक्त फिल्मको नाम भने तय नभएको जानकारी अभिनेत्री मनीषा कोइरालाले दिएकी छिन्।
'गुल्शन नेपालमा लगानी गर्न इच्छुक छन्,' सम्भावित लगानीकर्ताको समेत संकेत गर्दै अभिनेत्री मनीषाले शनिबार नागरिकलाई भनिन्। भर्खर बलिउडका दुई फिल्म सिध्याएकी मनीषाका अनुसार अहिले उनी त्यही नेपाली फिल्मको स्क्रिप्टमा व्यस्त छिन्। आगामी माघ र फागुन महिनाताका काठमाडौं र पोखरामा यसको सुटिङ हुने उनले बताइन्।
फिल्ममा अंग्रेजी सबटाइटल रहने छ। नेपाली जनजीवनमा आधारित रहने फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवका निम्ति तयार पारिने दावी समेत उनले दिइन्। 'कुनै पनि फिल्म राम्रो हुन स्क्रिप्टले मूख्य भूमिका खेल्छ,' उनले भनिन्, 'पैसा र निर्देशकको सिर्जनात्मक सीप त्यसपछि मात्रै जरुरी पर्ने हो।'
नेपाली फिल्ममा अभिनेता राजेश हमालको काम गराइबाट आफू प्रभावित भएको पनि उनले खुलाइन्।
आफ्ना पुराना बलिउडका सहकर्मीले नेपाली फिल्म खेल्ने कुराले मनिषा खुसी छिन्। 'नेपालभित्रै फिल्मको बजार सानो छ,' उनले थपिन्, 'तर मेरो फिल्मले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने छ।'

0 comments:

Post a Comment