Thursday, November 25, 2010

अमेरिकामा चलचित्र खग्रासको छायाँकन


नेपाली कथानक चलचित्र ”खग्रास” को छायाँकंन अमेरिकाको राजधानी वासिंङटन डीसी वरपर धमाधम भइरहेको छ ।
आरोहण गुरुकुलको प्रस्तुति बैकल्पिक सिनेमा नेपाल काठमाडौं, नेपाल इन्टरनेशनल टेक्सास (माधव आचार्य तथा दिनेश शर्मा) र दुर्गा पोखरेल (पीएचडी)को संयुक्त लगानीमा निर्माणाधीन चलचित्र ”खग्रास” (यो अध्याँरो कहिलेसम्म...) अमेरिकामा २५ प्रतिशत र नेपालमा ७५ प्रतिशत नेपालमा छायाँकन भइरहेको चलचित्र हाल अमेरिकाको वासिंङटन डीसी तथा न्युयोर्कका विभिन्न भागहरुमा लगभग छायाँकन सकिनै लागेको छ । यसै चलचित्र निर्माणका लागि नेपालदेखि निर्देशक शैलेश आचार्य र दुर्गा पोखरेल वासिंङटन डीसी आइपुग्नुभएको छ भने टेक्सासबाट माधव आचार्य समेत एक साताभन्दा बढी समयदेखि भर्जिनियामा छायाँकंनमा व्यस्त हुनुहुन्छ ।
न्युयोर्कदेखि यसै चलचित्रको छायाँकनका लागि आएका चलचित्र छाँयाकार ओमकार गौचन नोभेम्बर १९ तारिख विहान नौ बजेदेखि साँझ कहिले दश बजेसम्म त कहिले नौ बजेसम्म छायाँकनमा व्यस्त रहेर डीसी क्षेत्रमा लगभग आफ्नो छायाँकन नोभेम्बर २५ थ्याक्सगिभिङका दिन न्युयोर्कमा सक्ने तरखरमा रहेको निर्देशक शैलेश आचार्ले नेपाली पोष्टसँग बताउनुभयो ।चलचित्रका मुख्य नायकमा अमेरिका आइपुगेका संयोग पोखरेल, एन्थोनी विलेट, नयाँ कलाकार दिनेश शर्मा, विश्वबन्धु प्रर्साईं, अमेरिकी कलाकार आलेस, जुडी र चलचित्रका लागि चाहिने अन्य पात्रहरु स्थानीय नेपालीहरुको घरघरमा पुगेर वा कहिले चिकित्सकको क्लिनिक त कहिले डीसीको वरपरका नेपालीहरुको घरघरमा पुगेर चलचित्रको छायाँकन गरिएको छ ।
चलचित्रको कथा मुख्य गरेर बालककालमै अमेरिका आएको नेपाली केटो केही दिनका लागि भनेर नेपाल जाँदा आजको नेपाललाई टेक्छ, भोग्छ र दुःखी हुन्छ । उसलाई लाग्छ उ जस्ता थुप्रै युवा नेपाली जो बाहिर छन् उनीहरुको आवश्यकता देशलाई छ जसले देशबाट भागेर होइन विसंगतिसँग संघर्ष गरेर जिउनु श्रेयस्कर छ भन्ने चलचित्रले दर्शकहरुलाई सन्देश दिन खोजेको यसका निर्देशक शैलेश आचार्यको भनाइ छ ।

0 comments:

Post a Comment