Friday, November 26, 2010

काठमाडौँ अन्तर्राष्ट्रिय वेश्याको अखडा


काठमाडौं। अन्तराष्ट्रियस्तरका वेश्याहरूको एउटा ठूलो सञ्जाल राजधानी काठमाडौंका भव्य महल र पाँचतारे होटलमा सक्रिय रहेको छ। अहिलेसम्म प्रहरीको पहुँचभन्दा बाहिर रहेर सञ्चालित यो अन्तराष्ट्रियस्तरका वेश्याहरूले मिनेट र घन्टाका हिसाबले डलरको भाउमा रकम असुल्ने गरेका छन्। उच्चस्तरी यस्ता वेश्याहरूमा हलिउड, बलिउड र फिल्म उद्योगमा नाम चलेका हिरोइन र मोडेलहरू रहेका छन्। यस्ता वेश्याहरूले एकरातको लाखौँ रूपैयाँ असुल्ने गरेको कुरा विशेष श्रोतबाट थाहा हुन आएको छ। यो अन्तर्राष्ट्रिय वेश्या गिरोह सञ्चालकले अन्तराष्ट्रियस्तरका वेश्यालाई काठमाडौँका नव धनाढ्य, तस्कर, सेना, प्रहरीका उच्च अधिकारीलगायत उच्च पदस्थलाई सप्लाई गर्ने गरेको स्रोत बताउँछ। ठमेलको भगवान बहाल नजिक रहेको एक निजी भव्य महल, चुनदेवीमा रहेको त्यस्तै अर्को भव्य महल ती वेश्याहरूको सम्पर्क स्थान रहेको छ। यसमा एक जना पूर्व डीआईजी की श्रीमती नै सम्पर्कको माध्यम बने पनि यो धन्दा पछाडि कसको सम्पर्क र हात छ भन्ने उनलाई समेत थाहा छैन। स्रोतका अनुसार क्यासिनो सञ्चालक मध्येका राकेश वाधवाले क्यासिनो भित्रबाटै यस्तो धन्दा चलाएका थिए। वाधवालाई प्रहरीले पक्राउ गर्न खोजेपछि यो पेसामा संकट उत्पन्न भएको छ। बलिउडका कतिपय हिरोइनहरू समेत यो धन्दाका लागि सुटुक्क काठमाडौँ आउने गरेका छन्। सुन्दर युवतीहरूलाई वेश्यावृत्तिमा ठूलो लगानी साथ पठाइनु र उनीहरूको पहुँच यहाँका प्रहरी प्रशासन, तथा राजनैतिक तहसम्म पुग्नुले मुलुकको सुरक्षामै प्रश्नचिह्न उठेको स्रोत बताउँछ। ती अन्तर्राष्ट्रिय वेश्याहरू प्लेन चढेर काठमाडौंमा आई काम फत्ते गरी फर्किने गरेका छन्। बलिउडबाहेक बैंकक, अमेरिका, चीन, बेलायत, फ्रान्स, इटाली, जापान, जर्मन, पाकिस्तानका ख्याति प्राप्त सुन्दरीहरू यो धन्दाका लागि काठमाडौं आउने गरेका छन्। अत्यन्तै गोप्य रूपमा सञ्च्ाालन गरिएको यो धन्दाका लगानीकर्तामा क्यासिनो तथा ठूला ट्राभल्स एजेन्सी संचालक, हुण्डीको तथा जग्गाको कारोबार गर्ने नामुद दलालहरू रहेको बताइएको छ। श्रोत भन्छ– यो धन्दाका लागि सम्पर्कको पहिलो माध्यम भने इन्टरनेट को धधध।यिबिकतगदभ।अय्क रहेको छ। यस्ामा वेश्याहरूको अश्लील तस्वीरदेखि सम्पर्कको माध्यम इन्टरनेटबाटै दिएर स्थानीय दलाल (पहुँचवाल) मार्फत रकमको लेनदेन गरेर वेश्यालाई झिकाइन्छ। सम्पर्कमार्फत् उपलब्ध तस्वीरबाट वेश्याको छनोट गरेर तिनुपर्ने पैसा समेत पहिले नै तय गरी मिति तय गरेपछि त्यस्ता वेश्याहरू काठमाडौं आउने गरेका छन्।

0 comments:

Post a Comment