Monday, November 22, 2010

खेलाडी गुरुड. भर्जिनियामा मृत अवस्थामा

चितवन घर भै हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्ने नेपाली पौडी खेलाडी ४० वर्षीय चित्रबहादुर गुरुड. नोभेम्बर २१ तारिख आइतबार भर्जिनियास्थित आनन्डेलको एक पार्कमा मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय पार्कमा मृतक फेला परेका गुरुड.को साथमा रहेको परिचय-पत्रमा फेयरफ्याक्सस्थित ठेगाना देखेपछि स्थानीय प्रहरीले सो ठेगानामा रहेका नेपालीलाई खबर गरेको थियो । सन् २००४ मा अमेरिकाको इण्डियाना पोलिसमा विश्व पौडीखेलमा सहभागी हुन आइपुगेका गुरुड.ले त्यसपछिदेखि भर्जिनियामै अमेरिकाको स्थायी बसोबास गर्न विशेष खेलाडीको स्तरबाट ग्रीनकार्ड लिन सफल भएका थिए । नेपालमा भएका आफ्ना छ छोराछोरी र श्रीमतीको समेत अमेरिका आउनका लागि भिसा प्रक्रिया पूरा भइसकेको अवस्थामा रहेका खेलाडी गुरुड.लाई केही समयदेखि जण्डिसको विरामी रहेको जानकारी गुरुड.का साथी ताइकण्डो खेलाडी राजकुमार थापाले नेपाली पोष्टलाई जानकारी गराए ।
नेपालमा राष्ट्रिय खेलाडीका रुपमा आफ्नो पहिचान बनाइसकेका गुरुड.ले नेपालको प्रतिनिधित्व गर्दै सिड्नी ओलम्पिक खेल लगायतका विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेका थिए ।

0 comments:

Post a Comment