Saturday, November 27, 2010

‘द डेली’ संसारको पहिलो आइपोड अखबार


के परम्परागत अखबारको जमाना समाप्त हुन लागेको हो ? हाम्रो सन्दर्भमा सोच्ने हो भने यो सही होइन । किनभने हाम्रो मुलुकका सबै जनताले पत्रपत्रिका सहज रुपमा पढ्न सकिरहेका छैनन् । पत्रिकाका पाठक बढिरहेका छन्।
तर अमेरिकाको सन्दर्भमा यो सही हो किनकि त्यहाँ परम्परागत समाचारपत्रहरु र पत्रिकाको पाठक संख्या तिब्रताका साथ कम भइरहेको छ। मानिसहरु इन्टरनेटमा आधारित समाचार माध्यमलाई प्राथमिकता दिइरहेका छन् ।
यो कुराको सबैभन्दा पहिला महशुस गर्ने मानिसहरुमा न्युजकोर्पका रुपर्ड मार्डोक भएका छन्। रुपर्ड मार्डोक अब एपलको पैड पीसी अर्थात आइपोडका लागि पत्रिका प्रकाशन गर्ने योजना बनाइरहेका छन् । ‘द डेली’ नाम यो समाचारपत्र आगामी वर्षको आरम्भसम्म सुरु हुनेछ । यसका लागि १ सय जनाको कार्यदल बनाइएको छ।
रुपर्ड मार्डोकले फक्स न्युजलाई बताएअनुसार द डेलीको प्रीन्ट संस्करण हुने छैन । यो केवल आइपोडमा मात्र उपलव्ध हुनेछ। यो समाचारपत्र अन्य अनलाइन समाचार साइटहरुभन्दा भिन्न हुनेछ। अनलाइन समाचार साइटहरु लगातार अपडेट भइरहन्छन् र तिनीहरुमा समीक्षा र विश्लेषण अभाव हुने गर्दछ। तर द डेली लगातार अपडेट हुने छैन र यसको मुख्य संस्करण केवल अबेर राति मात्र सार्वजनिक गरिनेछ। ठिक त्यसैगरी जसरी प्रीन्ट समाचारपत्रहरु प्रकाशन हुने गर्दछन् ।
यसका पाठक बिहान उठेर आफ्नो आइपोडमा द डेलीको नयाँ संस्करण पढ्न सक्नेछन् । यो समाचारपत्र सशुल्क हुनेछ। र यसका लागि एउटा विशेष एप्लिकेशन डाउनलोड गर्नुपर्नेछ। रुपर्ड मार्डोकका अनुसार मानिसहरु यसका लागि शुल्क तिर्नका लागि तयार हुने छन् किनकी एक त यो सुविधाजनक हुनेछ र यसको शुल्क पनि प्रीन्ट समाचारपत्रहरुको भन्दा कम हुनेछ। तर यसका लागि प्रयोगकर्तासँग आइपोड भने हुनु आवश्यक छ। एजेन्सी

0 comments:

Post a Comment