Monday, November 22, 2010

२ लाख पाउण्डमा कौमार्य बिक्री


हंगेरीकी एक १८ वर्षीया युवतीले आफ्नो कौमार्य एक बेलायती नागरिकलाई बेचेकी छिन् । बेलायती नागरिकले लिलाममा २ लाख पाउण्डको बोल कवुल जितेर कौमार्य किनेका छन् ।पहिला यो लिलाम इबेमा राखिएको थियो, तर पछि पत्ता लागेपछि इबेले त्यसलाई हटाएको थियो । पछि यो लिलामी इमेलको माध्यमबाट भएको थियो । ती १८ वर्षीया युवतीले आफ्नो नाम मिस स्पि्रङ बताएकी छिन् र उनले भनेकी पनि छिन् कि उनी बेलायत आउँदै छिन् । थाहा भएअनुसार एक आइरिश व्यक्तिले बेलायती खरिदकर्तालाई राम्रो टक्कर दिएको थियो । युवतीका अनुसार उनी डाक्टर पढ्न चाहन्छिन् र यसको लागि उनी छानिएकी पनि छिन् । तर उनको परिवारको ठूलो ऋण छ । उनलाई यो दुई लाख पाउण्डबाट आफ्नो परिवारको समस्याबाट मुक्ति मिल्नेछ । उनले बेलायती र आइरिश दुवै खरिदकर्ताहरुले आफ्नो कौमार्य किन्न तँछाड मछाड गरे पनि आफूले बेलायतीलाई छानेको बताइन् । 'दुवैले मसँग विवाह गर्ने प्रस्ताव पनि राखेका थिए,' तर यसको लागि आफू तयार नभएकोले स्वीकार नगरेको पनि उनले बताइन् ।
अहिले विश्वभर हरेक वर्ष दुई चार घटना कौमार्य लिलामसँग जोडिएर आउने गरेका छन् । कतिपयले त आफ्नो परिचय नै नलुकाई पनि यस लिलाममा देखा पर्न थालेका छन् ।

0 comments:

Post a Comment