Wednesday, December 15, 2010

पारसलाई तीन दिन हिरासतमा राख्न अनुमति


२९ मंसिर, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व युवराज पारस शाहलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।केही सार्वजनिक अपराधमा मुद्धामा अनुसन्धानका लागि प्रहरीले समय मागेपछि प्रशासनले मंगलबारदेखि लागु हुने गरी म्याद थप गरेको चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले जानकारी दिनुभयो ।यस अवधिमा जुनसुकै बेला मुद्धाको छिनोफानो हुनसक्छ । यसअघि प्रजिअ गौतमले भरतपुरस्थित प्रहरी तालिम केन्द्र पुगेर पारससँग कुराकानी गर्नु भएको थियो ।पूर्व युवराज पारसलाई जिल्ला प्रशासन कार्यालय लगिने भनिएपनि प्रजिअ गौतमले भेटेपछि कागजातको मिसिल मात्र लगिएको थियो ।पारस विरुद्ध केही सार्वजनिक अपराधमा मुद्धा दायर गरिएको छ । अभियोग प्रमाणित भएमा धरौटीमा रिहा हुन सक्ने व्यवस्था छ ।प्रशासनले तीन दिन हिरासतमा राख्न अनुमति दिएपछि मुटुमा समस्या देखिएको भन्दै पारस काठमाडौं जान निवेदन दिनु भएको छ ।निवेदनमा पारसले उपचारका लागि आफुलाई तत्काल काठमाडौं जानु पर्ने बताएपनि स्थानिय प्रशासनले अस्विकार गरेको छ ।श्रोतका अनुसार बिहीबार पारसलाई उपचारका लागि काठमाडौं पठाउने सम्भावना छ । चितवनको मेघौलीस्थित टाइगर टप्स होटलमा पारस शाहले शनिबार उपप्रधानमन्त्री सुजाता कोइरालाका छज्वाँई रुवेन चौधरीलाई लक्षित गर्दै गोली प्रहार गरेको आरोपमा प्रहरीले एका पूर्व युवराज पारसलाई मंगलबारबाट पोखराको फुलवारी रिसोर्टमा पक्राउ गरेको थियो ।पोखराबाट हेलिकोप्टरमा चितवन लगिएका पूर्व युवराज पारसलाई भरतपुरस्थित प्रहरी तालिम केन्द्रको हिरासतमा राखिएको छ ।
पारसको रिहाईको माग गर्दै प्रदर्शन-प्रहरी हिरासतमा रहेका पुर्व युवराज पारसको रिहाईको माग गर्दै राजधानी सहित देशका विभिन्न स्थानमा प्रर्दशन भएका छन् ।राजधानीको महाराजगञ्ज, न्युरोड, क्षेत्रपाटी लगायतका स्थानबाट ३४ जनालाई पक्राउ गरेको छ । पारसका समर्थक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चितवन र वर्दियाका विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारे ।यस्तै राप्रपा नेपालले कपिलवस्तुको तौलिहबामा जुलुस निकालेका छन् । स्थानिय तौलेश्बरनाथ मन्दिरमा भेला भई जुलुस निकालेर बजार परिक्रमा गरिएको थियो ।पुर्व युवराज पारसको रिहाईको माग गर्दै राप्रपा नेपाल र बिश्व हिन्दु महासंघले पारशको रिहाईको माग गर्दै बिहिबार कपिलवस्तु बन्दको घोषणा गरेका छन् ।

0 comments:

Post a Comment