Friday, December 17, 2010

को हुन् रुबेल चौधरी ?


नागरिक रुबेल चौधरीको मुख्य बसोबास बेलायत हो । आमा-बुवाबाहेक उनका परिवारका अधिकांश सदस्य बेलायती नागरिक हुन् । उनको प्रारम्भिक शिक्षा बंगलादेशमा भए पनि उच्च शिक्षा बे लायतमै भएको थियो । बेलायतको कलेजमा अध्ययन गर्दागर्दै सुजाताकी छोरी मेलानीसँग उनको चिनजान भएको थियो । तीनवर्षे चिनजानपछि रुबेल र मेलानीबीच पाँच वर्षअघि विवाह भएको थियो । विवाहअघि उनले आफू बंगलादेशको सबैभन्दा धनी एवं बंगलादेशको राजनीतिमा गहिरो प्रभाव पार्ने परिवारको सदस्य भएको बताएका थिए । मेलानीसँग विवाह गर्नकै लागि उनले बेलायतबाट निस्कने एउटा पत्रिकामा आवरण तस्बिर प्रकाशित गराएर मेलानीमार्फत कोइराला परिवारका सदस्यहरूलाई बाँडेका थिए । नेपालको राजनीतिको केन्द्रमा रहेको कोइराला परिवारलाई प्रभावमा पार्न उनले आफूलाई युरोपमा ठूलो बिजनेस हाउसको प्रमुख सेयर होल्डरका रूपमा प्रस्तुत गरेका थिए तर ती सबै झूटको पोल त्यसबेला खुल्यो जब उनको विवाहमा रुबेलमा बुवा-आमा सामेल भए । पारिवारिक सदस्यहरूको कुराकानीमा चौधरी दम्पतीले आफूहरू ढाकाको मध्यमबर्गीय परिवार भएको र छोरालाई दुःख गरेर लन्डन पठाएको कुरा बताएका थिए । त्यसलगत्तै पत्रिकामा प्रकासित रुबेलको आवरण तस्बिर नक्कली भएको कुरा रहस्योद्घाटन भयो । उनले त्यसबेला चर्चित पत्रिकाको मास्क हेड प्रयोग गर्दै आवरण पृष्ठ डिजायन गरेर स्टोरी तयार पारी त्यसको फोटोकपी कोइराला परिवारलाई उपलब्ध गराएको अनुमान स्वयं कोइराला परिवारका सदस्यहरूको छ किनभने कुनै पनि हैसियत नभएका रुबेलको तस्बिर कभरमा छापिनुपर्ने कुनै कारण थिएन । वास्तविक कुरा बुझ्न केही समयपछि ढाका पुगेका कांग्रेस नेता लक्ष्मण बस्नेतले पनि मेलानीसँग विवाह गर्नकै लागि रुबेलले आफ्नो हैसियत बढाएर प्रस्तुत गरेको जानकारी पाएको बताइन्छ । 'यति हुँदा-हुँदै पनि रुबेलसँग मानिसलाई आफ्नो बनाउने विशेष गुण छ ।' रुबेलसँग लामो समय बिताएका एक सदस्यले भने, 'प्रेम पाउन र शक्तिशाली पारिवारको साथ पाउन केही झूट बोल्नु सामान्य हो । व्यवहारमा उनी असल मानिस हुन् ।' विवाहको केही समयपछि नै नेपाल बस्न थालेका रुबेल त्यसयता आफ्नो 'ठूलो बिजनेस' गर्न बेलायत फर्किएका छैनन् । बरु उनी विगत ४ वर्षदेखि पासपोर्ट रिन्यू गर्दै मण्डिखाटारस्थित सासू सुजाताको घरमा बस्दै आएका छन् । बेलायत वा बंगलादेश किन नफर्किएको भनेर सोध्नेहरूलाई उनी हाँसी-हाँसी एक्ली सासूलाई आफूजस्तो छोराको खाँचो भएकाले नेपालमै बसेको जबाफ दिन्छन् । जानकारहरूका अनुसार उनी कहिलै ज्वाइूका रूपमा व्यवहार गर्दैनन् बरु कांग्रेस कार्यकर्ताझैं कोइरालाको घरमा आएका पाहुनासँग चिसो-तातो तथा नजिकका कार्यकर्तासँग खर्च-पानीको समस्या सोधपुछ गर्छन् । मेलानी सुत्केरी भएयता उनी आमा सुजातासँगै बस्न थालेका कारण पनि रुबेल श्रीमतीको साथ लागेर मण्डीखाटार सरेको बताइन्छ । कोइराला परिवार लगातार शक्तिमा रहेका कारण रुबेलले नेपाल नछाडेको अनुमान गरिन्छ । रुबेलले परराष्ट्रमन्त्री सुजाता कोइरालाको शक्तिकै आधारमा रातो पासपोर्ट बोक्ने गरेको आरोप पनि छ । यद्यपि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । ३६ वर्षीय रुबेलमाथि नेपाल प्रहरीको सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारमा सहयोग गरेको आरोप लाग्दै आएको छ । त्यसैगरी विभिन्न ठेक्कापट्टा मिलाउने काममा पनि उनको रुचि भएको बताइन्छ । कालो कलरको किया स्पोर्टेज गाडी चढ्ने रुबेलको आम्दानीको स्रोतमाथि शंका गर्नेहरू पनि उत्तिकै छन् । नेपालमा उनी सुष्मा कोइराला मेमोरियल ट्रस्टको सल्लाहकारका हैसियतमा रहँदै आएका छन् ।

0 comments:

Post a Comment