Friday, December 17, 2010

रुबेलमाथि लागेको आरोप पुष्टि गर्न सुजाताको चुनौती


काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफ्नो ज्वाई रुबेल चौधरीमाथि लागेको आरोप पुष्टि गर्न दिनु भएको छ ।इन्डोनेसिया भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुवेलकी सासु कोइरालाले भन्नुभयो, ‘प्रमाण चाहियो, सबै कुराको प्रमाण ल्याउनुहोस् ।’रुबेलका बारेमा सञ्चार माध्यमले गलत प्रचार गरेको भन्दै असन्तुष्ट कोइरालाले भन्नुभयो, ‘तपाईले चोर्नु हो भनेर पनि लेख्न सक्छु । व्याक एण्ड हृवाइटमा जे पनि लेख्न सकिन्छ ।’उहाँले कानुन भन्दामाथि कोही पनि नहुने भन्दै उहाँले पूर्वयुवराज पारस शाह दोषी देखिए कारवाही हुने बताउनु भयो ।
कोइरालाले विदेशमै रहँदा चितवनको मेघौलीस्थित टाइगर टप्स होटलमा गएको शनिबार आफ्ना ज्वाँईमाथि गोली चलाएको भन्दै पूर्व युवराज पारसलाई पक्राउ गर्न लगाउनु भएको थियो ।तर सञ्चार माध्यमले संकास्पद क्रियाकलापहरु सार्वजनिक गरेपछि रुबेलले वयान परिर्वतन गर्नु भएको छ ।

0 comments:

Post a Comment