Wednesday, December 15, 2010

रानीको बिहे


बलिउडकी रानी अर्थात रानी मुखर्जीले अर्को सालको फरवरीमा बिहे गर्ने सम्भावना छ । रानी मुखर्जीले निर्देशक आदित्य चोपडासँग विहे गर्न लागेको खबरले बलिउडलाई तताएको छ ।त्यसो त रानी र आदित्यको बिहे हुँदैछ भनेर बलिउडमा हल्लिखल्ली मचिएको यो पहिलो पटक भने होइन, यस पहिले पनि दर्जनौं पटक यो खबरले बलिउडलाई तताएको छ । जति पटक खबर आए पनि रानी र आदित्यले न त यसको खण्डन गर्छन न त स्वीकार नै ।तर यसपटक भने उनीहरुको बिहे हुने सम्भावना अलि बढी छ । कारण आदित्यले आˆनी पहिली पत्नी पायल खन्नाको यस डिभोर्स दिइसकेका छन् । आदित्य चोपडा यशराज फिल्मसका मालिक हुन, यो कम्पनीले बनाएको हरेक फिल्ममा रानी हुन्छिन । गतवर्ष रानीले अभिनय गरेको र आदित्यले निर्देशन गरेको दिल बोले हडिप्पा भएको थियो ।

0 comments:

Post a Comment