Saturday, December 18, 2010

सुजाता एण्ड रुवेल कम्पनी गोरख धन्दामा


काठमाडौं। परराष्ट्र मन्त्रालयबाट हरेक दिन वितरण गरिने पासपोर्ट मध्ये २० प्रतिशत जति पासपोर्ट गैरनेपालीका हातमा पर्ने गरेको अनुमान प्रहरीले गरेको छ। नक्कली कागजात पेश गरेर लिइएका ती पासपोर्ट ८० प्रतिशतभन्दा बढी बंगालादेशीहरूको हातमा पर्ने गरेको छ। विगत केही वर्षदेखि बंगालीहरूले नेपाली पासपोर्ट हात पार्ने क्रम तीव्र रुपमा बढेको देखिएको छ। यो धन्दाको मुख्य नाइके भने सुजाता कोइरालाका ज्वाइा रुवेल चौधरी भएको पुष्टी भएको छ। सुजाताकी छोरी मेलानी जोस्टसाग चार वर्षअघि बिहे गरेदेखि नेपालमा बस्दै आएका रुवेल चौधरी बंगलादेशी नागरिक हुन्। उनी नेपाल बस्नुको रहस्य अवैध धन्दा गरेर रातारात अर्वपति बन्नु रहेको छ। प्रतिपासपोर्ट ३ लाख रुपैयााभन्दा बढी लिएर आफ्ना बंगलादेशी बन्धुहरूलाई पासपोर्ट दिलाएबापत रुवेलले दैनिक लाखौा रुपैयाा आर्जन गरिरहेका छन्। उनको यो कार्य सुजाता कोइरालालाई पनि थाहा भएका बुझिएको छ। त्यसमाथि सुजाता कोइराला परराष्ट्रमन्त्री भएपछि थुप्रै मान्छेलाई अवैध रुपमा क्यानाडा अमेरिका र यूरोपली मुलुकका पठाइएको चर्चा छ। धन्दामा पनि सुजाताका ज्वाइा रुवेल चौधरी संलग्न रहेका छन्। क्यानाडा पठाइदिन्छु भनी रकम दिएका थुप्रै व्यक्तिले उजुरी गरेपछि सुजाताले त्यसबेलाका आफ्ना स्वीकार्य सचिव भरत सापकोटालाई बलीको बोको बनाई आफू र आफ्नो ज्वाइालाई त्यस घटनाबाट अलग देखाउन कोसिस गरेको बुझिएको छ। तर, सापकोटाले उति बेलै सबै धन्दा सुजाताको निर्देशनमा उनको घर ज्वााइले गरेको तर आफूलाई भिक्टिम बनाइएको गुनासो आफ्ना साथीभाइसाग गरेका थिए।सुजाताको घर ज्वाइाको धन्दा यत्तिमा मात्रै सीमित छैन। नेपालबाट अन्तर्राष्ट्रिय कल वाइपास गर्ने सञ्जाल पनि रुवेल नै चलाइरहेको प्रहरीको भनाइ छ। गत भदौ २४ गते ललितपुरको खुमलटारमा फेला परेको कल वाइपास केन्द्रबाट पक्राउ परेका बंगालीहरूले उक्त कल वाइपास केन्द्र रुवेल चौधरीको भएको र आफूहरू कामदारमात्रै भएको बयान दिएका थिए। प्रहरीले त्यो घटनापछि खोज्दै जाादा सुजाता कोइरालाको हात रहेको थाहा पाएको थियो। उपप्रधानमन्त्रीकै मान्छेले अवैध धन्दाको अखडा फेला परेपछि प्रहरी सलाम ठोकेर फर्किएको थियो। संसदीय छानविन समितिले नै कारवाहीका लागि सिफारिस गरेको सुडानको डफिरमा खटिएको नेपाली पुलिसको सामग्री खरिद घोटालाको मुख्य नाइके पनि रुवेल नै हुन्। नेपाल प्रहरीलाई ५० करोड घाटा पुगेको सो काण्ड पनि सुजाताकै दबाबका कारण कारवाही नभई थन्किएको छ। आफ्नै पार्टीका नेता प्रदीप ज्ञवालीको छानविन समितिले कारवाहीका लागि सिफारिस गर्दा पनि प्रधानमन्त्री माधवकुमार नेपालले सरकार जोगाउने नाममा सुजाता उनका आफन्तलाई चोख्याउादै आएका छन्। जर्मन नागरिकसाग बिहे गरे पनि बाउको शक्तिको आडमा नेपालमै राजनीति गरेर शक्तिमा पुगेकी सुजाता कोइरालाले आफ्नी विदेशी नागरिक छोरी मेलानी र विदेशी ज्वाइालाई समेत नेपालमै राखेर नेपालमा लुटतन्त्र चलाएको स्पष्ट भएको छ। रुवेल चौधरीको धन्दा पर्दाफास गरेर उसलाई जेलमा कोच्ने मात्रै होइन उनकी सासु सुजाताका कर्तुत पनि खोतल्नुपर्छ। कर्तुत खोतल्नेमात्रै होइन सुजाता कोइरालालाई कारवाही गर्ने हिम्मत गर्नुपर्छ। त्यसो त यसै पनि विदेशी उसै पनि विदेशी सुजाता कोइरालालई नेपाल र नेपालीको माया भयो कति छ भनने पनि प्रश्न छ। त्यति मात्र होइन रुवेल रारायनिक मल तस्कर भएको पनि बुझिएको छ।

0 comments:

Post a Comment