Friday, December 17, 2010

हिरासतमा कहाँ सुते पारस ?


काठमाडौं । पारसलाई पोखराबाट पक्रेर चितवन पुर्‍याए पनि उनलाई सुत्ने बन्दोबस्त मिलाउन प्रहरीलाई धौधौ पर्‍यो । सातसय रोपनी क्षेत्रफलमा फैलिएको प्रहरी तालिमकेन्द्रभित्रै राम्रो गेष्ट हाउस भएता पनि पारसले यस्तो फोहोरमा सुत्दिँन भन्दै त्यहाँ बास बस्न नमानेपछि प्रधानमन्त्रीका साँढुभाइ एवं भरतपुर तालिमकेन्द्रका प्रमुख एसपी बलराम शर्मालाई पारसलाई कहाँ सुताउने भन्ने समस्या पर्‍यो । प्रहरीले उनलाई दुईरातसम्म कहाँ राख्यो भन्ने खुलाएको छैन, तर गोप्य सूत्रले दिएको जानकारी अनुसार उनलाई गोलीकाण्ड भएकै स्थल टाइगर टप्समै लगेर सुताइएको थियो ।डीआइजीलाई प्रश्न- को हो तपाई ?-त्यसो त बुधबार तालिमकेन्द्रमा पारस शाहको वयान लिने क्रममा पनि रोचक घटना भएका छन् । तालिम केन्द्रमा प्रहरीले वयान लिँदा प्रधानमन्त्री माधव नेपालका साँढु भाइ एव) तालिम केन्द्रका प्रमुख बलराम शर्मा, धीरेन्द्रकी छोरी पूजाका श्रीमान् एवं पारसका डाक्टर प्रमुख सेनानी राजीव शाही, र काठमाडौंबाट झिकाइएका कांग्रेस समर्थित वकील गणेश केसी लगायतको उपस्थिति थियो । सरकारी वकील र अन्य व्यत्तिहरु पनि थिए । वयान गेष्टहाउसभित्रै लिइएको थियो ।टाइगर टप्स गोलीकाण्डबारे छानविन गर्न गठित समितिका संयोजक एवं भर्खरै मध्यमाञ्चल हेटौंडामा पोष्टिङ पाएका डीआइजी गंगा पाण्डे सिभिल ड्रेसमा ल्यापटप लिएर ख्याट-ख्याट आवाज निकाल्दै चलाइरहेका थिए । पारसले उनलाई नचिनेपछि तपाइ को हो ? भनेर हप्काएका थिए । त्यसपछि डीआइजी पाण्डेले म डीआइजी गंगा पाण्डे हो हजुर, मलाई छानविन समितिको अध्यक्ष बनाएका छन् । पछि रिटायर्ड भएपछि किताब लेख्नलाई ल्यापटपमा टाइप गरेको हजुर, भनेपछि ए ल ठीक छ भनेर पारसले स्वीकृति दिएको स्रोतले बतायो ।वयानमा गिरिजाको विरोध-स्रोतका अनुसार वयानका क्रममा पारसलाई किन यस्तो घटना गर्नुभो भनी प्रश्न सोधिएको थियो । जवाफमा उनले भने-’त्यसको (रुबेलको) ससुरो हजुरबा गिरिजाले के गरेन ? बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धी इँटा टायल, सबै बेचेर खायो, देशलाई टाट पल्टायो । उनको ज्वाइँ पनि विदेशी नै हो । मैले मार्ने नियतले त्यसो गरेको होइन, उसले पनि जथाभावी भन्यो ।’
माछा खुवाउँदा एलर्जी-पारसलाई प्रहरीले पक्राउ गरेको साँझ माछा खुवाएपछि उनलाई सामान्य एलर्जी भएको प्रहरी स्रोतले जनाएको छ । बुधबार बिहान भने वयान लिनुअघि उनलाई दाल, भात र लोकल कुखुराको मासु खुवाइएको थियो ।गोलीकाण्ड बारे शनिबार भन्छु-पूर्व युवराज पारस शाहले चितवनको मेघौलीस्थित टाइगर टप्समा भएको गोलीकाण्ड बारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताउनु भएको छ । पोखराबाट शुक्रबार काठमाडौं आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पारसले भोली पत्रकार सम्मेलन गरी गोलीकाण्ड बारे जानकारी दिने बताउनु भयो ।धरौटीमा रिहा भएलगतै बिहीबार पोखरा पुगेका पारस शुक्रबार साँझ ५ वजेतिर हेलिकोप्टरबाट काठमाडौं आउनु भएको थियो । उहाँलाई समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् । उनीहरुले ‘राजा आउ देश वचाऊ’, ‘युवराजको जय होस्’ भन्दै आफ्नो पक्षमा नारा लगाउँदै पारस मुसुमुस हास्नु भएको थियो ।आफ्नो स्वागतका लागि समर्थकहरु विमानस्थल आएको देखेपछि पूर्व युवराज पारस निकै हर्सित मुद्रामा देखिनु भएको थियो । उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाँई रुबेल चौधरीमाथि गोली हान्ने प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्व युवराज पारस बिहीबार १० हजार धरौटीमा रिहा हुनु भएको थियो ।

0 comments:

Post a Comment