Sunday, February 6, 2011

अमेरिकामा रोजगारी बढ्ने सङ्केत


वासिङ्टन । विश्व आर्थिक मन्दीका कारण बेरोजगारीको समस्या विकराल रूपमा झेल्दै आएको अमेरिकामा रोजगारीको अवसरहरूमा केही सुधारका सङ्केत देखिएको तथ्याङ्कहरूले देखाएको छ । विगतमा करिब दस प्रतिशतको हाराहारीमा रहेको अमेरिकी बेरोजगारहरूको सङ्ख्यामा सुधार आएर हाल त्यस्तो प्रतिशत नौ दशमलव चारमा झरेको छ ।रोजगारी सिर्जनालाई प्रमुख मुद्दाको रूपमा लिँदै आएको अमेरिकी सरकाले चालेको विभिन्न रोजगारमूलक कार्यक्रमको असर नयाँ रोजगारी सिर्जनामा देखिन थालेको बताइएको छ । अमेरिकी सरकार रोजगार सिर्जना गर्ने विभिन्न सरकारी कार्यक्रमहरूका अतिरिक्त निजी क्षेत्रका बढी रोजगार सिर्जना गर्ने व्यवसायलाई पनि प्रोत्साहन प्रदान गर्दै आएको छ ।अमेरिकी बैङ्कहरूले घरजग्गा गरेको अस्वभाविक लगानीका कारण सुरु भएको मानिएको विश्व आर्थिक मन्दीका कारण सन् २००७ को डिसेम्बरदेखि अमेरिकामा निजी क्षेत्रका थुप्रै रोजगार गुम्ने क्रमको थालनी भएको कारण अमेरिकामा बेरोजगारी समस्या चर्किएको हो । स्वरोजगार सिर्जनालाई छाडेर नै सन् २०११ को जनवरीमा माथ ३६ हजार रोजगार सिर्जना भएका कारण अमेरिकामा बेरोजगारी समस्यामा केही सुधार देखिएको हो । एजेन्सी

0 comments:

Post a Comment