Wednesday, February 9, 2011

सेक्स फिल्ममा काम गर्न तयार नायिका सोनिया केसी



० चलचित्रमा नायिका बनिसक्दा पनि तपाईको अभिनयको त खासै चर्चा छैन नि ?- मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन ।
० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ?- बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन
० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ?-सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ।
°तपाईको पनि कमजोरी देखियो नि हैन ?- त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो ।
० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ?- हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन ।
० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ?- हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् ।
० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ?- म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् ।
० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?- सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्‍यो नि हैन र ।० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?-भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । गर्दै नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।० कथाले मागे कतिसम्म दिने त ?- कथाको विषयबस्तु हेरि गर्ने ।० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।० ब्वायफ्रेण्ड त होलान् नि ?- छैन, छैन अहिलेसम्म ।
० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ?- कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।
० उमेर कति भयो नि ?- हत्तेरिका उमेर पनि सोध्ने ?० हिरोइनहरु उमेर भन्न किन डराउँछन ?- त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।
० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ?- यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो ।
० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?- नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।० विवाहपूर्वको सेक्स उचित हो ?- हैन जस्तो लाग्छ ।० सेक्सको अनुभव छ कि ?
- आइ एम सरी, मलाई अनुभव छैन ।० यत्रो उमेरमा पनि छैन ?- छैन, छैन, भए पो त छ भन्ने ।

0 comments:

Post a Comment