Thursday, January 6, 2011

चीनमा विवाहसम्बन्धी तथ्यांक राखिने


बेइजिङ । चीनमा विस्फोटकरुपमा बढ्दो निजी सम्पत्तिका कारण त्यहाँका लोग्ने मानिसमा आफ्नी श्रीमती बाहेक पनि दोस्रो श्रीमती (मिस्ट्रेस) राख्ने प्रचलन बढिरहेको समाचारमा जनाइएको छ ।यो प्रचलन दिन प्रतिदिन बढ्न थालेपछि त्यहाँका अधिकारीले विवाह बारेको जानकारी एवम् सूचनालाई अनलाइनमा राख्ने प्रक्रियाको थालनी गरिएको पनि समाचारमा उल्लेख छ ।यसरी ईन्टरनेटमा हरेका व्यक्तिको विवाहको सूचना राख्ने प्रचलन थालिएपछि अब ती लोग्ने मानिसको वैवाहिक अवस्थाका बारेमा उनका परिवार र केटी साथीले हेर्न सक्नेछन् ।चीनका सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यसैवर्षदेखि त्यहाँको बेइजिङ् र साङ्घाई सहरमा पहिलोपटक यस्तो विवाहसम्बन्धी तथ्यांक राखिने छ ।यो कार्यक्रमअनुसार आगामी सन् २०१५ सम्ममा चीनका सबै सहरहरुमा यस्तो तथ्यांक राखिने पनि ती सञ्चारमाध्यमले जनाएका छन् ।चीनमा यसरी दुई श्रीमती राख्ने काम अवैधानिक मानिन्छ । त्यसैले यस्तो गैर कानुनी कामलाई नियन्त्रण गर्नका लागि चीनमा यस्तो कार्यको तथ्यांक राख्ने प्रचलन थालिएको हो । एपी

0 comments:

Post a Comment