Tuesday, January 4, 2011

प्रीति अब उद्घोषक बन्ने


एजेन्सी। बलिउड बक्स अफिसमा निकै सफलता हात पारेकी नायिका प्रीति जिन्टा हिजोआज भने बलिउडबाट टाढा रहेकी छिन्। 'चोरी चोरी चुपके चुपके, सोल्जर, सलाम नमस्ते लगायतका थुप्रै चलचित्र मार्फत दर्शकको मन जित्न सफल प्रीति समयसगै बलिउडबाट टाढा हुादै गइन्। उनी बेलाबेलामा चर्चामा आइन् त क्रिकेट तथा उनको प्रेम सम्बन्धका बारेमा। बलिउडबाट टाढा भएर आइपिएलतिर लागेपछि प्रीतिले आफ्नो छवि कलाकारबाट व्यापारतिर अघि बढाइन्।तर लामो समयको अन्तरालपश्चात उनी पर्दामा आएकी छिन्। तर यसपटक ठूलो पर्दामा भने होइन। उनी कलर्स टेलिभिजनमार्फत् प्रसारण हुने 'अब इण्डिया तोडेगी' नामक रियालिटी शोको उद्घोषकको रुपमा उपस्थ्ति हुन लागेकी हुन्। पश्चिमी रियालिटी शो गिनिज बुक अफ वर्ल्ड रेकर्डसबाट प्रभावित उक्त शोको अडिसन सुरु भइसकेको बताइन्छ। तर पछिल्लो समयमा प्रीतिले टेलिभिजन मार्फत नै प्रशारण हुन लागेको क्रिकेट सम्बन्धी शो 'आईपिएल–३' नामक शो को उद्घोषण गर्न लागेकी हल्ला चलेको थियो। बलिउडबाट फुर्सद पाएकी प्रीति हिजोआज दर्शकको सामू आउन उद्घोषणको सहायता लिंदै छिन्। पछिल्लो समयमा नव कलाकारको आगामनले बलिउडका पुराना नायिकालाई आफ्नो स्थानमा टिकी राख्न हम्मे हम्मे पर्न थालेको छ।

0 comments:

Post a Comment