Friday, January 7, 2011

एउटा माछाको मूल्य २ करोड ८८ लाख रुपैयाँ


कियो, पुस २३ । जापानको राजधानी टोकियोमा एउटा माछा झण्डै तीन करोड रुपैयाँमा बिक्री भएको छ । नयाँ वर्षको अवसरमा टोकियोमा प्रदर्शनीमा राखिएको ३ सय ४२ किलोग्रामको माछा तीन करोड २४ लाख ऐन अर्थात दुई करोड अठासी लाख नेपाली रुपैयाँमा लिलाम भएको हो ।एउटा माछा सबैभन्दा बढी मूल्यमा बिक्री भएर विश्व रेकर्ड कायम भएको छ ।
लिलामीका लागि पाँच सय वटा माछा प्रदर्शनीमा राखिएकोमा नीलो पखेटा भएको सो माछा टोकियो तथा हङक्कङमा होटल सन्चालन गरेका व्यक्तिहरुले संयुक्त रुपमा खरिद गरेका हुन् । सो माछा उत्तरी होक्काइदो टापुको सामुदि्रक क्षेत्रबाट पक्रेर ल्याइएको थियो ।

0 comments:

Post a Comment