Thursday, January 6, 2011

बलिउडको सबभन्दा महंगो चलचित्र!


बलिउडमा महंगा चलचित्रहरू बनाउने लहर चलेको छ। केही समय अगाडी प्रदर्शन भएको रजनीकांत तथा ऐश्वर्या राय अभिनित चलचित्र ‘रोबोट’ हालसम्मकै भारतमा निर्मित सबभन्दा महंगो चलचित्र थियो। तर अहिले बलिउडका किंग खानको आगामी चलचित्र रा-वनले खर्चको मामिलामा उक्त चलचित्रलार्इ उछिन्ने भएको छ । खबरका अनुसार शाहरूख खानको यस चलचित्र मा १५० करोड रूपैयाँ खर्च भएको छ।सुपर हीरोको भुमिकालार्इ राखेर बनाएको यस चलचित्रका निर्माता शाहरूख खान हुन। उनले यस चलचित्रमा दोहोरो भुमिका निभाएका छन्। जसमध्ये एउटा रोवोट बनाउने वैज्ञानिक को छ भने अर्को चाही जी.वन रोवोटको भुमिका रहेको छ। यस चलचित्रमा बैज्ञानिक बाट निर्मित दुर्इ रोवोटहरूमा जी.वन असल कार्यमा तथा रा.वन खराब कार्यमा लाग्ने हुन्छ। यस चलचित्रमा शाहरूख खान संग नायिका करिना कपूर, अर्जुन रामपाल, शहाना गोश्वामी, टम उ तथा हलिउड नायक ज्याकी चानले समेत अभिनय गरेका छन्।

0 comments:

Post a Comment