Sunday, January 2, 2011

युवतीको पसिनामा यौन आकर्षण


मानब शरिरमा पसिना आउनु प्राकृतिक प्रकृया हो । धेरै गर्मी भएमा वा द्रुत गतीमा काम गर्दा प्रायः पसिना आउने गर्दछ । अत्याधिक पसिनाले वास्तबमै समस्या ल्याउछ । तर, सिमित पसिनाले फाइदा पनि गर्ने गरेको छ, विशेष गरी महिलाहरुलाई! आश्चर्यको कुरा के छ भने केहि देशहरुमा विपरित लिङ्गी पुरुष साथीलाई आफूतिर आकषिर्त गर्न युवतीहरुले पसिनाको सहयता लिने गरेको अनुसन्धानले देखाएको छ ।अंकमाल गर्दा वा केहि काम गरेपछि युवतीको शरीरमा देखिने दानेदार पसिना वा पसिनाको धारोले उनिहरुको सुन्दरतालाई अझै बढाउने र पुरुषहरुमा यौन भावना पैदा गर्ने न्यूजविर्डडटकम अनलाइन सस्करणले जनाएको छ ।हाम्रो शरिरमा रहेको मेरोक्राइन ग्ल्याण्डसहरुको कारण नुनिलो तरल पदार्थ पसिनाको रुपमा निष्कासन हुने र यसले शरिरको तामक्रम सन्तुलनमा ठूलो भूमिका खेल्ने अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरुले बताएका छन् । कुनै किसिमको गन्ध नहुने यस्तो पसिनामा प्रोटिन, बोसो, अमिनो एसिडलगायत फेरोमोन्स रहने उनिहरुले जनाए । बैज्ञानिकहरुका अनुसार यसले एक पृथक किसिमको बास्ना पैदा गरी पुरुषहरुलाई आकषिर्त गर्दछ ।पसिनाबिना ब्याक्टेरिया बाच्न नसक्ने हुनाले छालामा जब ब्याक्टेरियाले काम गर्दछ, तब पसिना नराम्रो गन्हाउने गरेको अनुसन्धानले देखाएको छ । हाम्रो शरिरले अत्याधिक गर्मी समयमा दिनको १२ लिटरसम्म पसिना निकाल्ने तर त्यसै अनुरुपमा पानी पिइएन भने डिहाइड्रेसन समस्याले सताउनेछ । ध्यान रहोस, कतै तपाइलाई पनि कोहि युवतीले पसिनामार्फत आकषिर्त गरिरहेकी त छैन?

0 comments:

Post a Comment