Tuesday, January 4, 2011

यौन शोषण गरेको आरोपमा शिक्षिकाद्वारा सांसदको हत्या


यौन शोषणको आरोपमा भारतमा एक सांसदको हत्या भएको छ । स्थानीय महिला रुपम पाठकले छुरा प्रहार गरी बिहारस्थित पूर्णिया जिल्लाका सांसद राजकिशोर केसरीको हत्या गरेकी हुन् ।मंगलबार बिहान सांसद केसरी आफ्नो निर्वाचन क्षेत्रको बैठकमा सहभागि भइरहेको समयमा स्थानीय विद्यालयमा शिक्षिका रहेकी पाठकले पेटमा छुरा हानेकी हुन् ।छुरा प्रहारबाट घाइते ५१ वर्षीय सांसदको अस्पतालमा मृत्यु भएको भातरीय प्रहरीले जनाएको छ ।हत्यारा पाठकलाई सांसदका समर्थकहरुले कुटपिट गर्दा सख्त घाइते भएकी छिन् । हत्यारालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ परेकी पाठकले सांसदले लागतार तीन वर्षदेखि आफूलाई बलत्कार गर्दै आएको बताएकी छिन् ।बिहारका मुख्यमन्त्री नितिश कुमारले हत्याको अनुसन्धान गर्न निर्देशन दिईसकेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

0 comments:

Post a Comment