Friday, January 7, 2011

रेखा केटाको खोजीमा


लोकका लागि नायिका रेखा थापा र छवि ओझा पतिपत्नीको सम्वन्धमा छन । तर यी दुईवीचको सम्वन्ध यस्तै छ त जस्तो अरुका पति र पत्नीवीच हुन्छ ? रेखा थापाका होइन छवि ओझाका कुरा सुन्ने हो भन्ने भन्नुपर्दछ, दालमा कुछ कालो छ । रेखा र छविवीच पतिपत्नीको सम्वन्ध झण्डै एक दशकदेखि छ, तर यी दुईलाई न त बच्चा जन्माउन हतारो छ न त रेखालाई रेखा थापा होइन रेखा ओझा बन्न नै चटारो ।त्यसमाथि केही दिन अघि एउटा पत्रिकामा छविले दिएको बयान सुन्दा लाग्छ, रेखा र छविवीच छिट्टै विछोड हुनेछ । बयानमा छवि भन्छन्, ‘मैले रेखालाई भनिदिएको छु, तिमीलाई जुन कुनै दिन पनि मभन्दा राम्रो केटो मिल्यो भने विहे गरे हुन्छ ।’ यो बयानको अर्थ के हो ? कहिं कुनै पतिले पत्नीलाई भन्न सक्छ, राम्रो भेटे अर्कोसँग विवाह गरे हुन्छ ।त्यसमाथि छवि भन्छन्, न त रेखा मलाई श्रीमान भन्छिन् न त म उनलाई श्रीमती नै, रेखालाई लाग्छ म उन्को मामु हुँ । त्यसो त रेखाको वानीदेखि वाक्कदिक्क भएका छवि भन्छन्, रेखालाई घरको काम केही पनि आउँदैन, बरु किचनमा खाना पकाउनदेखि सर्भ गर्नेसम्म काम मै गर्छु । अझ थप्छन्, मैले एक पटक रेखालाई रगतपच्छे हुने गरि कुटें । बजारमा हल्ला छ, छविको बयानदेखि रिसाएकी रेखा अर्को केटाको खोजीमा छन्, तपाई पनि रेखाको पति हुन सूचीमा नाम लेखाउने की ?

0 comments:

Post a Comment