Thursday, December 30, 2010

रेखालाई भुवनको बिहे प्रस्ताव


नेपाली चलचित्र क्षेत्रका कतिपय कलाकारको बिहेको लगन जुर्न सकिरहेको छैन । राजेश हमाल जस्तो अधबैंसे नायक र रेजिना उप्रेती, झरना बज्राचार्य आदि जस्ता बैंस डाँडापारिको घाम हुन लागिसकेका नायिकहरूको समेत विवाहको लगन जुर्न सकिरहेको छैन । तर कोही कोही भने एक/दुई पटक होइन पटक पटक बिहे गर्ने सुरमा छन् भन्दा आश्चर्य लाग्न सक्छ ।
कुरा निखिल उप्रेती र सञ्चिता लुइँटेलको होइन । न त विराज भट्ट र जेनिशा मोक्तानको नै हो । कुरा हो नायिका प्रेमी भुवन केसीको । पच्चीस वर्षअघि नायकको रूपमा उदाएका भुवनका समकक्षी कलाकारहरूले अहिले चरित्र भूमिकासमेत पाउन छोडेका छन् तर भुवन भने नायककै रूपमा उभिरहेका छन् ।यसका लागि भलै आफैले नै चलचित्र निर्माण किन गर्न नपरोस् । यसरी सदाबहार नायकको दर्जा पाएका भुवन अहिले फेरि बिहे गर्ने सुरमा छन् । सुरमा मात्र हैन, आफू लायकको नारीको खोजीमा पनि छन् ।अब उनले यो क्रममा कस कसलाई रोजे वा प्रस्ताव गरे, त्यो त थाहा हुन सकेन । तर भित्री खबर अनुसार उनले यतिबेलाकी चर्चित नायिका रेखा थापा समक्षसमेत बिहेको प्रस्ताव राखेका छन् रे । भुवन आफैले बनाइरहेको ‘साथी म तिम्रो’मा रेखा नायिकाको रूपमा रहेकी छन् । यसै चलचित्रको छायाङ्कनको क्रममा भुवनले यसरी विवाहको प्रस्ताव राखेको गाइँगुइँ चलिरहेको छ । यो कुरामा भुवनले आˆनो मुख खोलेका छैनन् । तर रेखा भने, “भुवनदाई ठट्टा गरिरहनु पर्ने मान्छे । यो त उहाँले ठट्टा पो गरेको त ! यसलाई विनासित्ति चर्चा गर्नेहरू मूर्ख हुन्” भनिरहेकी छन् । निर्माता छवि ओझाकी श्रीमती रेखाले नै यसो भनेपछि पत्याउनै पर्‍यो । अरू उपाय नै के छ र ।

0 comments:

Post a Comment