Monday, December 27, 2010

श्रीमानलाई समय दिइनन् झरनाले


नायिका झरना थापाको शारीरिक बनावट हेर्दा उनी अविवाहित नै देखिन्छिन् तर उनी किशोर अवस्थामा टेक्दै गरेकी छोरीकी आमा हुन् । यो कुरा धेरैले नपत्याउन सक्लान् तर यो सत्य हो । यसरी उमेर ढल्कँदै गए पनि बैंस नगएकी नायिकाको रूपमा रहेकी झरनाको व्यस्तता यस्तो बढेको छ कि उनले निर्माता श्रीमान सुनिलकुमार थापालाई समय नै दिन भ्याएकी छैनन् रे ।उनी सुनिलसँग कति समय बिताउन पाउँछिन् त्यो त थाहा भएन । तर सुनिलले बनाउने भनी घोषणा गरेको ‘केटी हराएको सूचना’को चलचित्रको सुटिङ भने झरनाकै कारण रोकिएको छ । झरनाको डेट कहिले खालि होला र सुटिङ थालौँला भनेर बसेका उनका श्रीमानको चलचित्र कहिले सुरु हुने हो यसलाई निकै कौतुहलका साथ हेरिएको छ ।

0 comments:

Post a Comment