Monday, December 27, 2010

सफल दाम्पत्य जीवनको रहस्य, विवाहपछिको सेक्स


लण्डन । के तपाई सुखी र सफल दाम्पत्य जीवनको रहस्य जान्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने सुन्नुस्…यतिमात्रै हो कि हनिमुनसम्म सेक्सको प्रतिक्षा गर्नुस् । यो कुरा एक स्टडीबाट स्पष्ट भएको हो ।शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा जुन जोडीले पुरानो तरिकाले विवाह गर्दछन् अर्थात जसले हनिमुन मनाउँदैन उनीहरुको दाम्पत्य जीवन सुखी र सफल हुँदैन । यतिमात्र होइन उनीहरुको आपसी सम्बन्धसमेत राम्रो हुन्न । उनीहरुको यौन जीवन पनि राम्रो हुन्न ।प्रमुख अध्ययनकर्ता बृघम विश्वविद्यालयका प्रो. डिन बस्बीका अनुसार यस विषयमा भएका अधिकांश शोध व्यक्ति विशेषको यौन अनुभवहरुका आधारित हुन्छन् न कि त्यसको समयमा । सम्बन्धहरुमा यौनक्रियाभन्दा अघि बढेर पनि केही कुरा हुन्छ र हामीले पायौ कि जुन व्यक्तिले अधिक समयसम्म प्रतिक्षा गरेको छ उसकोसम्बन्ध सुखी र सफल रह्यो।
अध्ययनका अनुसार हनिमुनसम्म यौन सम्बन्धको प्रतिक्षा गर्नेहरुको भनाइअनुसार उनीहरुको आपसी सम्बन्ध बढी स्थायी र सन्तोषजनक रहेको छ । जबकि विवाहभन्दा अघि नै यौन सम्बन्ध कायम गर्नेहरुबीच यो तत्व कम थियो ।

0 comments:

Post a Comment