Saturday, January 15, 2011

युवा जापानीमा यौन इच्छा घट्दो


टोक्यो । युवा जापानीहरूमा यौन इच्छा घट्दो रुपमा रहेको एक सरकारी अध्ययनमा जनाइएको छ ।न्युन जन्म दर रहेको देश जापानमा यसलाई चेतावनीको रुपमा लिइएको छ ।सर्वेक्षणका अनुसार ४० प्रतिशत विवाहित मानिसहरूले गत महिना यौन सम्पर्क नगरेको बताएका जापानको परिवार नियोजन संघको क्लिनिकका प्रमुख कुनियो कितामुराले बताए ।
कितामुराले एएफपीलाई बताए- यो कुरा घट्दो जन्मदरसाग प्रत्यक्ष सम्बन्धित छ र नीतिगत कार्यवाही आवश्यक भएको छ ।
सो तथ्याङ्कले महिला र यौनको चाहना नराख्ने निस्कृय युवाहरूलाई ‘शाकाहारी’ भनेर उपनाम दिइएको आम सामाजिक विश्वासलाई नै पुष्टि गरेको छ ।सो सर्वेक्षणमा १६-१९ वर्षका ३६.१ प्रतिशत जापानी पुरुष युवाले यौनमा आफ्नो चाहना नरहेको र अझ घृणा नै गर्ने बताएका थिए । एएफपी

0 comments:

Post a Comment