Saturday, January 15, 2011

मुसाले गोप्य अंगमा टोकेपछि …


काठमाडौं । न्यूयोर्कको एक अदालतले एक जेलमा कैदी पीटर सलोमनलाई जलका अधिकारीहरु विरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ ।मुसा जस्तै देखिने जीवले आफ्नो गुप्ताङ्गमा टोकेपछि पीटर अदालत गएका हुन् ।उनको आरोप छ कि आफ्नो रंग कालो भएकाले जेलका अधिकारीहरुले भेदभाव गरिएका छन् र आफुलाई मुसाको विगविगी भएको स्थानमा राखिएको छ ।
जेलका कानुन व्यवसायीहरुले भने पीटरलाई गम्भीर चोट नलागेको दावी गरे । लामो बहसपछि न्यायाधीश आर्थर स्पाटले पीटरको मुद्दालाई अघि बढाउन सकिने फैसला सुनाएका छन् ।उनले आफ्नो फैसलामा विवादका बारेमा लेखेका छन्,’दुबै पक्ष पीटरलाई टोक्ने जीव मुसा थियो वा थिएन । पीटरलाई कोटेको थियो वा नग्राले चिथोरेको थियो र चोटी कति गम्भीर थियो ।’भियतनाय युद्धमा संलग्न पीटरलाई श्रीमतिमाथि हिंसा गरेको आरोपमा पक्राउ गरिएको छ ।

0 comments:

Post a Comment