Monday, January 10, 2011

रुपाको यो रुप


एक दुइवटा फिल्म, दुई/चार वटा विज्ञापनमा मोडलिङ गरेपछि रुपा उपाध्याय अमेरिका लागेकी थिइन । अमेरिकी पति रोज्दै अमेरिका पुगे पनि रुपाको मोडलिङ प्रेम भने मरेको छैन ।त्यसैले त राजनीतिज्ञ शैलेन्द्रप्रसाद उपाध्यायकी यी छोरीले समुद्री किनारामा हट फोटो सुट गरेकी छन् । त्यसो त रुपाले नेपालमा पनि निक्कै उत्तेजक फोटो सुट गरेकी थिइन् भने एउटा गरमागरम म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् ।समुद्री किनारामा फोटो सुट गरेर यसै साता फेसबुकमा पोष्ट गरेको फोटोमा रुपामाले भित्रिवस्त्रका रुपमा फुलले बनाएका पहिरन लगाएकी छन् । थेरोनोभिक नेल्शोनोभिकले तयार पारेको यो वस्त्रको परिचय गराउँदै रुपा फेसबुकमा लेख्छिन्, ‘साँच्चिकै फुलबाट बनेको वस्त्र ।’

0 comments:

Post a Comment