Tuesday, January 11, 2011

एप्पल प्रमुखको तलब १ डलर


विश्वकै बढी मूल्यवान् प्रविधि कम्पनी एप्पल सञ्चालन गर्ने प्रमुख कार्यकारी स्टिभ जब्सले विगत तीन वर्षमा तलबस्वरूप केबल १ अमेरिकी डलर लिएका छन् । १९९७ मा एप्पल पुनः प्रवेश गरेका जब्स आइफोन, आइप्याड र आइपोडजस्ता संयन्त्रका रचनाकार हुन् ।धेरै सीईओ र उनको तलबमा व्यापक अन्तर छ । अन्य सीईओको दाँजोमा उनले ठूलो परिमाणमा तलब लिने गरेको चर्चा चलिरहन्छ । सीईओले धेरै तलब लिएकै कारण २००८/०९ मा वित्तीय संकट आएको आरोप पनि लाग्दै आएको छ ।“जब्सको वार्षिक तलब १ अमेरिकी डलरमात्रै छ । उनले २००३ देखि कुनै पनि निष्पक्ष पुरस्कार पाएका छैनन्,” नियमन अभिलेखमा एप्पलले भनेको छ ।उनले २००९ र २००८ मा पनि समान तलब पाएका छन् । यसका अतिरिक्त जब्सले २०१० मा आधारभूत तलब १ अमेरिकी डलरका अतिरिक्त व्यावसायिक उद्देश्यका लागि निजी जहाज प्रयोग गरेकोमा २ लाख ४८ हजार अमेरिकी डलर पाएका छन् । कम्पनीले २००१ मा जब्ससँग यो वार्षिक खर्चको सम्झौता गरेको थियो ।“एप्पलका सह–संस्थापकमध्येका एक ५६ वर्षीय जब्सले कम्पनीको ५५ लाख डलर बराबरको साधारण सेयर पनि लिएका छन्, यसले सेयरहोल्डरहरूसँग उनको चासो रहेको देखाउँछ,” अभिलेखमा भनिएको छ ।बजार पुँजीकरणको मामिलामा एप्पललाई सबैभन्दा बढी मूल्यवान् कम्पनी मानिन्छ । कम्पनी नास्दाकमा सूचीकृत भएको छ र बजार मूल्य २०११ को जनवरीमा ३ सय ८ अर्ब अमेरिकी डलर छ ।यो तथ्यांक २०१० को सेप्टेम्बरमा अन्त्य भएको आर्थिक वर्षको हो । एप्पलको आर्थिक वर्ष सेप्टेम्बरको अन्तिम शनिबार समाप्त भएको थियो ।यसैबीच जब्सको स्थानमा आउने फर्मका प्रमुख सञ्चालन अधिकृत (सीओओ) टिमोथी कुकले भने ५९ मिलियन अमेरिकी डलर पाउने भएका छन् । यसमा बोनसको ५० लाख डलर र उनलाई दिइने ५२.३ मिलियन डलरबराबरको सेयर पनि समावेश छ ।गत आर्थिक वर्षमा एप्पलको नाफा १४ र आम्दानी ६५ अर्ब २० करोड अमेरिकी डलर थियो ।

0 comments:

Post a Comment