Saturday, January 15, 2011

‘सिंगल’ रञ्जना


वितेका केही महिनादेखि अमेरिकामा हराइरहेकी नायिका रञ्जना शर्मा स्वदेश आउने टुङ्गो बुङ्गो छैन, धेरैलाई लाग्ला रञ्जनाको नयाँ समाचार यही हो । तर होइन रञ्जना हराइरहे पनि उनको अर्को खबर छ, त्यो हो रञ्जना ‘सिंगल’ भएको । यो फेरी हामीले भनेका छैनौं, यो भनिरहेको छ नायिका रञ्जना शर्माको फेसबुकले ।नेपालमा रहँदा नायिका रञ्जनाको निर्देशक श्याम भट्टराईसँग विहे भएको थियो । लामो समयसम्म एक साथ बसेका यी जोडीमा विवाद भए पछि नौ महिनाका लागि अलग अलग बसेका थिए । नौ महिना पछि नाटकीय ढंगले रञ्जना र श्याम एक साथ बस्न थालेका थिए । श्यामसँग सँगै बसिरहेकी रञ्जना त्यसपछि दुई महिनाका लागि अमेरिका हानिएकी थिइन ।अमेरिकामा पुगेपछि समुद्री किनारामा फोटोसुट गरेको खबर आएदेखि यी नायिका वेपत्ता छन् तर वेपत्ता नायिकाको फेसबुक खोज्दा उनलाई भेटियो ‘सिंगल’, केही दिन अघिसम्म रञ्जना र श्याम फेसबुकमा एकअर्काका साथि थिए, तर बुधवारबाट श्यामको फेसबुकमा रञ्जनालाई भेट्न छाडिएको छ ।

0 comments:

Post a Comment