Tuesday, February 1, 2011

नेपालमा ‘कल गर्ल’को अन्तराष्ट्रिय संजाल


नेपालमा ‘कर्ल गर्ल’ को अन्तर्राष्ट्रिय संजाल रहेको र धेरै नेपाली युवती यसमा संलग्न रहेको रहस्य खुलेको छ । काठमाडौंको बसुन्धरामा केही दिनअघि आत्महत्या गरेका प्रहरीका डीएसपी कन्चन थापाको आत्महत्याबारे अनुसन्धान गर्दै जादा प्रहरीले यो रहस्य फेला पारेको हो । डीएसपी थापाले समेत पेशेवर बेश्याको चुंगुलमा परेर आत्महत्या गरेको खुलासा भएको छ ।आत्महत्याका समयमा थापासँगै रहेकी खोपकुमारी अधिकारीसँगको बयानका क्रममा प्रहरीले सो तथ्य पत्ता लगाएको हो । अधिकारीले सुरुमा आफू थापाको श्रीमती भएको दावी गरेपनि प्रहरीसँगको बयानका क्रममा पेशेवर यौन व्यवसायी ‘कलगर्ल’ भएको र आफ्नो सञ्जाल भारतदेखि सिंगापुरसम्म रहेको स्वीकार गरेकी छन् ।खोपकुमारीले नेपालदेखि भारत, थाइयान्ड र सिंगापुरसम्मका विभिन्न सहरमा नेपाली युवती पुर्र्याउने गरेको र सञ्जालमा २० देखि २५ जना युवती संगठित रहेको बताएकी प्रहरी उच्च स्रोतले बताएको छ । नेपालबाट विभिन्न ठाउँमा ‘कलगर्ल’ का रुपमा काम गर्दै आएका केहीको नाम र तस्बिरसमेत फेला परेको प्रहरीको जनाएको छ । जसमध्ये केही उच्च बर्गका महिला समेत सलग्न रहेको प्रहरीको दावी छ ।थापाको आत्महत्याको कारण बेश्या-डिएसपी थापाले पनि वेश्याको चंगुल फसेर नै आत्महत्या गर्नुपरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थापाले खोपकुमारीलाई चार वर्षदेखि बसुन्धरामा घर भाडामा लिएर राख्दै आएका थिए । खोपकुमारीसँगको प्रेममा समेत परेका थापाले विवाहको योजना बनाएका थिए । तर खोपकुमारीको मोबाइलमा आफुसँग यौन सम्पर्कका बेला खिचिएको क्लिप देखेपछि थापाले आत्महत्या गरेको प्रहरी दावी छ ।ठुलो संजाल-भारतको कर्नाटक राज्यका पूर्वन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत सम्बन्धमा रहेकी खोपकुमारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारी तथा ठूला व्यापारीसम्म पनि युवती पुर्याउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । खोपकुमारी स्वयंले पनि नेपालका उच्चपदस्थ सरकारी अधिकारी, प्रहरी, सेना तथा व्यापारीसम्म ‘कल गर्ल’को सेवा दिने गरेको प्रहरीसँग स्विकार गरेकी छिन् ।भारतीय पूर्वमन्त्री राठौरलाई चंगुलमा पारी खोपकुमारीले दुई वर्षमा एक करोडभन्दा बढी नगद लिएकी छिन् । नयाँदिल्लीको एक्स ब्लकमा बस्दै आएका ६६ वर्षीय राठौर खोपकुमारीलाई भेट्नका लागि बेलाबेलामा नेपाल आउने र खोपकुमारी पनि पटक–पटक नयाँ दिल्ली जाने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । खोपकुमारीले राठौरले २०६५ सालमा पठाएको साढे ६२ लाख रुपैयाँले नेपालटारको हिले टोलमा तीनतले घर बनाएको र २०६६ सालमा पठाएको ४० लाख रुपैयाँ बैंकमा जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।खोपकुमारीको कथा-रसुवाको भोर्ले ९ स्थायी घर भएकी २४ वर्षीया खोपकुमारीले १४ वर्षको उमेरदेखि यौन पेशामा लागेकी थिइन् । सुकेधारामा फ्लायाट भाडामा लिएर यौन व्यवसाय चलाएकी उनी पछिल्लोपटक यौन व्यवसायका लागि भारतका विभिन्न सहरसम्म पुग्ने गरेकी थिइन् । उनको ‘कल गर्ल’ सञ्जालमा १५ वर्षदेखि ३५ वर्षउमेरसम्मका युवती रहेको प्रहरीले जनाएको छ । उनीहरुले एकपटकको भारत भ्रमणमा प्रतिव्यक्ति ५० हजारभन्दा बढी रकम लिएर फर्कने गरेको प्रहरीको दावी छ ।

0 comments:

Post a Comment