Friday, February 4, 2011

नेता मात्र नभइ नायकको पनि पुतला जलाउन थाले

एक स्थानीय स्थानिय व्यायामशालाका मानिसहरूले मधुर भंडारकरको चलचित्र 'दिल तो बच्च है जी' मा रहेको इमरान हाशमीको भुमिकाको बिरोध गरेका छन्। उनीहरूले चलचित्रमा यस भुमिका निभाउने इमरान हाशमीको पुतला समेत जलाएका छन्। खबरका अनुसार भारतको केहि शहरहरूको व्यायामशालाका प्रशिक्षकहरूले चलचित्र भवनमा गएर इमरानको पोस्टरमा कालो रंगले पोत्नुका साथ इमरानको पुतला समेत जलाएका थए। प्रदर्शनकारिहरूका अनुसार इमरानले यस चलचित्रमा व्यायाम प्रशिक्षककोरूपमा देखा परेका छन्। उक्त व्यायाम प्रसिक्षकले व्यायामशालामा आउने प्रशिक्षार्थीहरूसंग प्रेमालाप गरेको देखाएको छ। यती मात्र नभर्इ चलचित्रमा उनले आमा छोरीसंग लागेको समेत देखाएबाट यस पेशा नै बदनाम भएको हुनाले व्यायाम प्रसिक्षकहरूले यस भुमिकाको बिरोध गरेका हुन। उनीहरूका अनुसार चलचित्रबाट यस भागलार्इ हटाउनु जरूरी छ।

0 comments:

Post a Comment