Thursday, February 3, 2011

दीपाश्रीलाई मञ्चमै चुम्मा गरिदिएपछि…..


दक्षिण कोरिया । संसारका होचा ब्यक्ति खगेन्द्रलाई पनि राम्रा नारीहरु देख्नै नहुने भयो । पहिले रेखालाई चुम्मा गरेर नेपाली छापामा छाएका खगेन्द्रले यसपटक मञ्चमै दीपाश्री निरौलालाई चुम्मा गरिदिए ।कुरा दक्षिण कोरियाको हो । बुधवार म्याग्दी समाज दक्षिण कोरियाको आयोजनामा सांस्कृतिक कार्यक्रममा भाग लिन खगेन्द्र थापामगर र दीपाश्री निरौला सिउल आइपुगेका थिए ।सांस्कृतिक कार्यक्रमका बिचमा खगेन्द्र थापा राष्ट्रिय झण्डा बोकेर मञ्चमा निस्किए । दीपाश्रीले पनि मन थाम्न सकिनन क्यारे, मञ्चमै गएर खगेन्द्रलाई बोकिन् । बाठा खगेन्द्रले मौका फाइदा उठाइहाले । उनले दीपाश्रीलाई आइ लभ यु भन्दै गालामा चुम्मा गरिदिए । खगेन्द्रले भने- ‘अब दीपाले मसंग बिहे गर्छे, आइ लभ यु दीपा ।’सायद धेरे हिराइनले खगेन्द्रको होचो कदलाई बच्चैजस्तो सम्झिन्छन क्यारे, जहां भेटेपनि उचाल्न तम्सिन्छन् । १८ बर्ष पुगिसकेका जवान खगेन्द्रले पनि यो सुबिधालाई राम्रै उपयोग गरेर मै हुं भन्ने हिरोइनहरुलाई चुम्मा दिइरहेका छन् । लौ शुभकामना छ खगेन्द्रलाई, धेरै हिरोइनलाई चुम्मा गरिदिएर अर्को रेकर्ड कायम गर ।

0 comments:

Post a Comment