Monday, January 31, 2011

सात हजार कारका मालिक


विश्वका शक्तिशाली व्यक्तिको सूचीमा पर्ने ब्रुनाईका सुल्तान हसन अल बल्किया मुइज्डिन वादाल्लाहको जीवनशैली आम मानिसहरूको तुलनामा निकै फरक छ । पूर्वसुल्तान अमर अली सैफुद्दिन तृतीय र पेङगिरन अनक ड्यामिटका पहिलो सन्तानका रूपमा सन् १९४६ मा जन्मेका सुल्तान वादाल्लाहको रुचि र रहनसहन सामान्य मानिसको परिकल्पनाभन्दा धेरै माथि छ ।हाल उनीसँग करिब २२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको अपेक्षा गरिएको छ, जुन बेलायती महारानीको तुलनामा झन्डै ३६ गुणाले उच्च हो । उनीसँग करिब ६ सय वर्षदेखि निरन्तर शासन गर्दै आएका मुस्लिम राजपरिवारको सञ्चित सम्पत्ति छ ।तेलखानीमा धनी रहेको मध्यपूर्वी खाडी राष्ट्रका जम्मा शासकहरूको करिब एक तिहाइभन्दा बढी शासकहरूको सम्पत्तिको मात्रा अन्यन्त धेरै छ । जसमा कतारका शासकलाई लिन सकिन्छ, जसले अलजजिरा प्रायोजन गरेका छन् । त्यस्तै, साउदी अरबका राजाले करिब २६ अर्ब अमेरिकी डलर धनराशि खर्च गरी आफ्नो नामको सम्मानका लागि सहर बनाउँदैछन् । उता, दुबईका शासकले गत वर्ष मात्र एचएसबीसी र डचजस्ता बैंकको सेयर खरिद गरेका थिए ।मध्यपूर्वी क्षेत्रका सबैभन्दा धनी व्यक्ति शेख खालिफा बिन जाइद अल नहयनले विश्वको दस भागको एक भाग तेल सञ्चिति रहेको राष्ट्र आबुधाबीमा शासन गरेर बसेका छन् । उनले विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनले नेसनल युनिभर्सिटी अफ सिंगापुर, अक्सफोर्ड र युकेबाट विद्यावारिधी गरेको बताइन्छ ।सुल्तानजस्तै उनीसँग पूर्ण शासकीय शक्ति र अधिकार छ । बु्रनाईको शासन पद्धति सम्हाल्नुका साथै सुल्तान वादाल्लाहको समय धेरै जसो अटोमोबाइल संकलनमा नै खर्च हुन्छ । उनी सम्भवतः विश्वकै ठूला कार संकलनकर्ता हुन् किनभने उनले झन्डै ७ हजार कार संकलन गरेर राखेका छन् । धर्तीमा गुड्ने कारका सौखिन सुल्तान हावामा उड्ने जेट संकलन गर्नमा पनि पछि छैनन् । उनीसँग बोइङको ७४७ मोडल जहाज छ, जसलाई उनले नितान्त व्यक्तिगत प्रयोजनमा मात्र प्रयोग गर्ने गर्छन् । त्यसका अतिरिक्त उनीसँग जेरुडङ नामक निजी पार्क पनि छ । यसरी सम्पूर्ण तवरले शक्तिशाली एवं अलग पहिचान बनाएका सुल्तान पारिवारिक रूपमा भने अलिक तनावग्रस्त रहेको बताइन्छ । 'प्लेब्वाइ पि्रन्स' का रूपमा चिनिने भाइ राजकुमार जेप|mी बोल्कियासँग उनको सम्बन्ध राम्रो छैन ।दुवै दाजुभाइबीच सन् २००६ मा कानुनी रूपमा नै सम्झौता भएको थियो । जेहोस्, उनको फरक तथा विलासी जीवनशैली, सम्मान, सम्पत्ति, आश्चर्यजनक शक्ति तथा नियन्त्रणप्रति जोकोहीले इष्र्या गर्छन् ।अचम्मको दैनिकी र बिछट्टै सौख भएका सुल्तान वादाल्लाहले उच्च गुणस्तर तथा विलासी ७ हजार कार खरिदका लागि ५ अर्ब अमेरिकी डलर धनराशि खर्चेका थिए । उनको संकलनमा रहेका ७ हजार कारमध्ये कतिपय यो ब्रह्माण्डमै विरलै पाइने मोडेलका छन् भने कतिपय विश्वकै महँगा मानिन्छन् । त्यस्तै, केही कार सबैभन्दा छिटो गुड्ने मोडेलका छन् ,उनको संकलनमा ६ सय ४ वटा रोल्स रोयस, ५ सय ७४ वटा मर्सिडिज-बेन्ज, ४ सय ५२ वटा फेरारी, ३ सय ८३ वटा बेन्टलिस, २ सय ९ वटा बीएमडब्लू, १ सय ७९ वटा जगौर, १ सय ३४ वटा कोइनिगसेग, २१ वटा लम्बर्घिनी, ११ वटा एस्टन मार्टिन र एउटा एसएससी कार छ ।उनको कार संकलन गर्ने कार्य समान्य मानिसको परिकल्पनाभन्दा बाहिरको हो । उनले सबै कार राख्न विशेष किसिमको प्रबन्ध मिलाएका छन् । उनले कारको सर्भिसिङका लागि एयरक्राफ्ट मर्मत गर्ने सुविधासहितको ग्यारेज राखेका छन् ।उनको पूर्ण संकलित कार विभिन्न पाँच फरक-फरक एयरक्र्याफ्ट ह्याङ्गरमा राखिने गरिन्छ, जहाँ विभिन्न फरक-फरक कम्पनीका विज्ञहरूले रातदिन कारको मर्मत गरिरहेका हुन्छन् ।

0 comments:

Post a Comment