Wednesday, March 2, 2011

रानी मन्त्रीसँग रासलिलामा मस्त


एजेन्सी । स्वाजिल्याण्डका राजा एमस्वातिकी बाह्रौं रानी नोथाण्डो डुबे मन्त्रीसित रासलिला गर्दागर्दै पक्राउ परेकी छिन् । राजधानीको एउटा होटलबाट पूर्व मिस सुन्दरी २२ वर्षीया रानी डुबे गृहमन्त्री एन्दुमिसो माम्बासँग यौन क्रियाकला गर्दागर्दै रंगेहात पक्राउ परेको समाचार एजेन्सीहरुले जनाएका छन् ।राजधानी एमबान्बानेको एउटा होटलमा रानी र गृहमन्त्री समागममा मस्त रहेका बेला प्रहरीले राजालाई खबर गरेका थिए । राजा एमस्वातीले रानीलाई विशेष निगरानीसहित दरबारमा राख्न लगाए भने मन्त्रीलाई जेलमा हालिदिए ।स्वाजिल्याण्डमा रानी बन्ने पनि अनौठो प्रक्रिया छ । त्यहाँ प्रत्येक वर्ष राष्ट्रिय सुन्दरी प्रतियोगिता हुन्छ । प्रतियोगिताको निरीक्षण राजाबाटै हुन्छ । दसौं हजार सुन्दरीबाट प्रत्येक वर्ष राजाले एउटीलाई छानी रानी बनाउँछन् । यसमा युवतीहरू नयाँ रानी बन्न प्रयास गर्छन् ।

0 comments:

Post a Comment