Saturday, March 5, 2011

विश्वबिजेता बन्ने धुनमा एसियाली अर्बपतिहरु


भारतका मुकेश अम्बानी तथा हङकङका लि का-सिङलगायतका एसियाली अर्बपतिहरुको सम्पत्ति विगतका केहि वर्षयता विश्वमा सबैभन्दा द्रुत गतिले विस्तारित भएको छ, भन्दा कुनै फरक नपर्ला । उदाउँदो अर्थतन्त्रको नेतृत्व गरिरहेको एसियाले जसरी पछिल्लो विश्वव्यापी आर्थिक मन्दीको प्रभावलाई साम्य पारि विश्व अर्थतन्त्रको सुधारमा उल्लेख्य टेवा पुर्‍याएको छ । त्यसरी यस क्षेत्रका धनाढ्यहरुको सम्पत्ति बढ्ने क्रमले निरन्तरता पाएको छ । फोब्र्स म्यागजिनको अनुसन्धानको आधारमा सन् २०१० सम्म संयुक्त रुपमा एसियाली अर्बपतिहरुको कुल सम्पत्ति बढेर ७ खर्ब २९ अर्ब अमेरिकी डलर पुगेको छ । जुन अघिल्लो वर्ष कायम ३ खर्ब ५७ अर्ब डलरको तुलनामा धेरै उच्च हो । जबकी सोहि समय अवधिमा अमेरिकी तथा युरोपेली अर्बपतिहरुको सम्पत्ति बढ्ने गति न्युन रहेको थियो । सन् २००८ को विश्वव्यापी मन्दीको समयमा पनि द्रुत आर्थिक विकास गर्न सफल एसियाली राष्ट्रहरुमा व्यक्तिगत सम्पत्ति बढ्ने क्रम रोकिएको छैन् । विशेष गरी उदाँउदो चीन र भारतले अर्बपतिहरुको सम्पत्ति बढाउन धेरैभन्दा धेरै सहयोग गरेको देखिन्छ । तर अमेरिकी तथा युरोपेली अर्बपतिहरुको सम्पत्तिमा भने मन्दीको चमर प्रभावले गर्दा संकुचन छाउने क्रमले निरन्तरता पाएको अवस्था छ । अमेरिका र युरोपमा केहि अर्बपतिहरु बाहेक विभिन्न कारणले अधिकांशको सम्पत्ति बढ्ने गतिमा अवरोध सिर्जना भएको छ । मन्दीको प्रभाव पश्चात पुनः एसियाली पँुजी बजार सकारात्मक बनेकोले गर्दा यस क्षेत्रका अर्बपतिहरुको स्थान अझ माथि उक्लिएको हो । उनीहरुको सम्पत्ति बढ्ने क्रमले निरन्तरता पाएको हो । सन् २००९ मा यस क्षेत्रमा जापान र अष्ट्रेलिया बाहेक प्राथमिक सार्वजनिक निस्कासन बढेर ४१ अर्ब अमेरिकी डलर पुगेको समाचार एजेन्सी ब्लुमबर्गको अनुसन्धान प्रतिवेदनले देखाएको छ ।

फोब्र्सले भनेको छ , "अहिले सम्मको इतिहासमा पहिलो पटक अमेरिका पछि सबैभन्दा बढि अर्बपति चीनमा रहेका छन् । अमेरिकी नागरिकहरु अर्बपतिको सुचीमा अहिले पनि बर्चश्व कायम गरेका छन् तर उनीहरुको समृद्धी खस्किदों अवस्थामा छ ।"

सन् २०१० मा एसियाली अर्बपतिको संख्या बढेर २ सय ३४ पुगिसकेको छ । जबकी अघिल्लो वर्ष सन् २००९ मा यो संख्या १ सय ३० मात्र रहेको थियो । जसमा चीन र भारतले नेतृत्वदायी भुमिका खेलेका छन् । फोब्र्सका अनुसार विश्वव्यापी अर्बपतिहरुमा एसियालीहरुको हिस्सा अघिल्लो वर्ष कायम ७ प्रतिशतबाट बढेर सन् २०१० मा २३ प्रतिशत पुगेको छ । हाल सम्म विश्वमा झन्डै ९ सय ३७ को हाराहारीमा अर्बपतिहरु रहेका छन् ।

रिलायन्स इन्डष्ट्रिज लिमिटेडका प्रमुख भारतीय अर्बपति मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्तिको स्थानमा आˆनो नाम स्थापित गरेका छन् । विश्वका अर्बपतिहरुको सुचीमा अघिल्लो वर्ष सातौं स्थानमा रहेका मुकेश २०१० मा आएर चौंथो स्थान हात पारेका छन् । मूख्य गरी उनको खुद सम्पत्ति झन्डै ५० प्रतिशतले वृद्धि भए पछि सुचीमा अझ माथि उक्लिएका हुन् । हाल फोब्र्सका अनुसार उनको खुद सम्पत्ति २९ अर्ब डलर छ । मुकेश पछि भारतीय मुलकै विश्वका सबैभन्दा ठुलो स्टिल निर्माता कम्पनी आर्सेलरका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी मित्तल विश्वका अर्बपतिहरुको सुचीमा पाँचौं स्थान हात पारेका छन् । विश्वव्यापी आर्थिक सुधार सकारात्मक बनेसंगै कम्पनीको सेयर मूल्य उच्च भए पछि मित्तलको व्यक्तिगत सम्पत्ति झन्डै ५० प्रतिशतले उच्च भई २८.७ अर्ब डलर पुगेको छ । चेउङ कङ होल्डिङ्ग लिमिटेड तथा हटि्चसन वाम्पोवा लिमिटेडका प्रमुख लि का-सिङ सम्पत्ति ३० प्रतिशतले उच्च भई सन् २०१० मा २१ अर्ब डलर पुगेका हो । यसबाट उनलाई विश्वको १४ औं र एसियाको तेस्रो धनी व्यक्तिको स्थानमा नाम स्थापित गर्न सहयोग मिलेको छ । सन् २००९ मा उनी विश्वका १६ औं धनी व्यक्तिको रुपमा थिए । चिनिया अर्बपतिहरुको संख्या अघिल्लो वर्ष कायम २८ बाट बढेर ६४ पुगेको
छ । त्यसै गरी भारतमा पनि अर्बपतिहरु उल्लेख्य मात्रा बढेका छन् । सन् २००९ मा २४ जना मात्र रहेको भारतीय भुुमिमा सन् २०१० मा आएर अर्बपति संख्या ४९ पुगेको छ । यसै गरी हन्झाउ वाहाहा ग्रुप कर्पोरेसनका प्रमुख जोङ क्विन्घाउ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको व्यक्तिगत सम्पत्ति बढेर ७ अर्ब डलर पुगेको छ । जसबाट उनको स्थान विश्वका अर्बपतिहरुको सुचीमा १ सय ३ मा झरेको छ । अघिल्लो वर्ष उनको स्थान ३ सय ७६ थियो । आव वर्ष २००९-१० को अन्तिम त्रैमासमा चीनको अर्थतन्त्र १०.७ प्रतिशतले विस्तार भएको थियो भने भारतीय अर्थतन्त्रको वृद्धि दर ६ प्रतिशत कायम थियो ।
-साभार कारोबार दैनिक

0 comments:

Post a Comment