Thursday, March 3, 2011

व्वायफ्रेण्डले धोका दिएपछि…


व्वायफ्रेण्डले धोका दिएपछि अमेरिकाकी एक युवतीले आˆनै व्वायफ्रेण्डका कपडा ‘इवे’- इन्टरनेट सामान विक्री गर्ने अनलाइन)बाट विक्री गरिदिएकी छन् । ती युवतीले व्वायफ्रेण्डका कपडा विक्री गर्न आफू पनि झण्डै नाङ्गो बनेर मोडलिङ गरेकी छन् ।मोडलिङ गर्दा ती युवतीले व्वायफ्रेण्डका कपडा समेत लगाएकी छन् । युवतीले झण्डै नाङ्गो भएर गरेको मोडलिङका कारण कपडा पनि महागो मूल्यमा विक्री भैरहेका छन् । युवतीको सेक्सी र झण्डै नाङ्गो मोडलिङले इवेलाई पनि राम्रै चर्चा दिलाएको छ ।२६ वर्षकी युवती, जसले आफूलाई टेलर मोर्गनको नामबाट परिचय दिएकी छन्, उनले इवेबाट व्वायफ्रेण्डका कपडा विक्री गर्दा एक हजार डलरभन्दा बढी कमाएकी छन् । व्वायफ्रेण्डका कपडा विक्रीका लागि लिलामीमा राखेकी टेलरले पछिल्लोपटक ४९ डलर मूल्य पर्ने धर्के कमेजलाई साढे ८७ डलरमा बेचेकी थिइन ।लिलामीबाट खरिद गर्ने उपभोक्ताले टेलरबाट ‘धन्यवाद’ लेखिएको नोट समेत पाउने गरेका छन् । अमेरिकाको ˆलोरिडा राज्यको बोका रातोनकी टेलरले अहिलेसम्म कमिज, पाइन्ट, वेल्ट र टोपी गरि २१ वटा वस्तु विक्री गरेकी छन् ।व्वायफ्रेण्डले लगाइरहेको मार्क इको, केनिथ कोल र होलिस्टर जस्ता डिजाइनरका कपडा पनि लिलामी राखेकी छन् । धोका दिएका व्वायफ्रेण्डलाई फिर्ता गराउन टेलरले यो अभियान थालेको बताएकी छन् । व्वायफ्रेण्डले आफूलाई धोका दिएको जानकारि पाएपछि टेलरले उन्लाई घरबाट निकाला गरेकी थिइन ।तर टेलरले व्वायफ्रेण्डको कपडा लिलामी भने प्रतिशोधपूर्ण नभएको बताएकी छन् । सुरुमा यो अभियानबाट ‘उस्लाई मसाग फिर्ता गर्छु भन्ने थियो तर अब मलाई भने त्यो गलत लागिरहेको छ, बरु लिलामी र फोटोशेसन रमाइलो । मलाई धोका दिने व्वायफ्रेण्ड म परम्परागत भएको देख्न चाहन्थ्यो, सेक्सी देखि सहँदैन्थ्यो र अहिले म भन्न चाहन्छु, अब तिमीसँग मलाई भन्न केही पनि बाँकी छैन ।

0 comments:

Post a Comment