Monday, February 28, 2011

अमेरिकामा १ करोड १० लाख गैरकानुनी आप्रवासी


सन् २०१० को जनवरीसम्म अमेरिकामा १ करोड १० लाख गैरकानुनी आप्रवासी रहेको तथ्यांक सार्वजनिक भएको छ । यसको प्रमुख स्रोत देश भारत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।होमल्यान्ड सेक्युरिटिजको आप्रवासी तथ्यांकीय कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार समग्र आप्रवासीमा मेक्सिकोका ६२ प्रतिशत आप्रवासी छन् । यद्यपि सन् २००७ जनवरीको १ करोड १८ लाख आप्रवासीको तुलनामा भने अघिल्लो वर्ष कमी आएको छ । सन् २००० देखि २०१० अवधिमा गैरकानुनी आप्रवासीको अमेरिका बसाइ २७ प्रतिशतले बढेको छ । यसमा २००० पछि मात्रै ३९ प्रतिशतले वृद्धि भएको छ ।प्रायःजसो गैरकानुनी आप्रवासीहरू केही समय अस्थायी रूपमा बसे पनि अवधि पूरा गरिसकेर नफर्किएको प्रतिवेदनमा उल्लेख छ । सन् २००० देखि २००७ को अवधिमा गैरकानुनी आप्रवासी जनसंख्या ३३ लाखले बढी ८५ लाखबाट १ करोड १८ लाख पुगेको थियो ।२००८ मा यो संख्यामा कमी आई १ करोड १६ लाख पुगेको थियो । तर, २००९ को आर्थिक संकटका बाबजुद बढेर १ करोड १८ लाख पुगेको थियो ।क्षेत्रगत दृष्टिकोणबाट हेर्ने हो भने उत्तर अमेरिका, क्यानडा, मेक्सिको, क्यारेबियन र मध्य अमेरिकाबाट ८६ लाख अर्थात ८० प्रतिशत आप्रवासीहरू अमेरिका प्रवेश गरेका थिए । दोस्रो नम्बरमा एसिया छ । यहाँबाट ८ लाख आप्रवासी अमेरिका प्रवेश गरेका छन् ।

२००० देखि २०१० को अवधिमा सबैभन्दा बढी उत्तर अमेरिका महादेशबाट २५ लाख आप्रवासी अमेरिका प्रवेश गरेका थिए । यद्यपि एसियाली आप्रवासीमा भने ठूलो गिरावट आएको थियो । यो अवधिमा एसियाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीमा झन्डै २ लाखले कमी आएको प्रतिवेदनमा छ ।

अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीमा मेक्सिकोको सबैभन्दा ठूलो योगदान छ । कुल आप्रवासीको ६२ प्रतिशत अर्थात ६६ लाख मेक्सिकनमात्रै छन् ।

गत वर्ष आप्रवासीको प्रमुख स्रोतमा एल साल्भाडोर (६ लाख २० हजार), ग्वाटेमाला (५ लाख २० हाजर), होन्डुरस (३ लाख ३० हजार) र फिलिपिन्स (२ लाख ८० हजार) थिए । गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने देशहरूको शीर्ष १० देशको सूचीमा भारत, इक्वेडर, ब्राजिल, दक्षिण कोरिया पनि छन् ।

0 comments:

Post a Comment