Tuesday, March 1, 2011

कतारमा ऋचाको करामत


चलचित्र ‘नाइँ नभन्नु ल’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी नवनायिका ऋचा सिंह ठकुरीको नेपालमा धुँइधुँइती खोजी भइरहेको छ ।उनको दोस्रो फिल्म ‘मनमनै मन पराएँ’ भर्खरै नेपालमा रिलिज भयो, तर त्यसकी नायिका ऋचाको अनुहारसम्म पनि देखिन्न । आखिर ऋचा कहाँ गइन त ?कतिपयले उनलाई अष्ट्रेलिया त कतिले अमेरिका भासिएको अनुमान गरे । तर, केही संगीसित नेपालबाट उडेकी ऋचा भने अमेरिका हैन खाडी मुलुक कतारमा रहेको सूचना प्राप्त भएको छ ।समाचारअनुसार ऋचाले अहिले त्यहाँको एक होटलमा डान्सरको रुपमा काम गरिरहेकी छन् । अभिनय र मोडलिङबाट पार नलागेपछि बिदेशी होटलमा डान्सरको जागिर खाएर बिदेशी मुद्रा कमाउनु नेपालका युवतीको पपुलर फेसन हो अहिले ।त्यहि फेसनमा लागेकी छन नेपाली नायीका ऋचा पनि ।दुई फिल्मबाट कुनै राम्रो स्यावासी नपाएपछि निराश बनेकी ऋचाले आगामी केही बर्ष बिदेशीसामु जिउ हल्लाएरै जीवन गुजार्ने सोंचा बनाएको बताइएको छ । पछिल्लो समयमा मलेसिया, दुबई, सिंगापुर लगायतका देशमा नेपाली मोडलहरु नृत्यकारका रुपमा काम गरिरहेका छन् ।
source:onlinekhabar

0 comments:

Post a Comment