Wednesday, March 2, 2011

विद्यालयमै व्लु फिल्मको सुटिङ


एजेन्सी । बेलायतका एक शिक्षकले विद्यालयकी एक महिला कर्मचारीसँग मिलेर व्लु फिल्म बनाएका छन् । विद्यालयको कम्प्युटरमै राखिएको उक्त फिल्म सार्वजनीक भएपछि विद्यालय प्रशासनले शिक्षक र कर्मचारीलाई निलम्बन गरी छानविन सुरु गरेको छ ।दक्षिणी लण्डनस्थित क्राउडनको एडिङटन विद्यालयका ४६ वर्षका शिक्षक टिम एडवार्ड र ५० वर्षकी सहायक एन्जेला थ्रोनहिलले खिचिएको भिडियोमा पुरुष कुर्सीमा बसिरहेको र क्यामेरा समेत चलाएका छन् भने महिलाले ‘सेक्स अभिनय’ गरेकी छिन् ।उनीहरुले यौन क्रियालाई ‘सेक्स भिडियो’ बनाएका थिए । विद्यालयको कम्युटरमा राखिएको यो भिडियोसम्म ८ सय विद्यार्थीको पहुँच भए पनि कतिले त्यसलाई हेरे वा हेरेनन् भन्ने विषयमा विद्यालय प्रशासन भने मौन छ ।शिक्षकलाई विद्यालयले वाषिर्क ४७ हजार पाउण्ड तलव दिन्थ्यो । उनी त्यो विद्यालयका कम्युटर टेक्नोलोजी सम्वन्धी शिक्षकको अलावा सूचना तथा सञ्चार प्रमुख समेत थिए । उनले विद्यालयमा विद्यार्थीलाई कम्युटर दुरुपयोग सम्वन्धी पाठसमेत पढाउँथे ।शिक्षक विवाहित हुन् भने एन्जेलाका दुई छोराछोरी छन् । एन्जेलाले श्रीमानलाई भने छोडपत्र दिइसकेकी छन् । सुरुमा विद्यालय सरसफाइको जागिरमा प्रवेश गरेकी उनीलाई विद्यालयले बढुवा गरेर कक्षा कोठाको सहायक बनाइएको थियो ।यसबारे विद्यालयले थप छानविन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

0 comments:

Post a Comment