Saturday, March 5, 2011

विमानभित्र बम भएको हल्ला गर्ने नेपाली मस्कोमा पक्राउ


मस्कोबाट उड्न लागेको एउटा विमानमा बम भएको हल्ला फैलाएको अभियोगमा एक नेपाली त्यहाँको विमानस्थालमा पक्राउ परेका छन् ।मस्कोस्थित शरिमेटेभो अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उड्न लागेको विमानमा बम भएको हल्ला गरी विमानस्थलको सुरक्षामा खतराको गलत सूचना दिएका कारण ४५ वषीय ती नेपालीलाई शुक्रबार पक्राउ गरिएको चीनको सिन्हृवा समाचार समितिले आज जनाएको छ ।समाचारमा पक्राउ परेका नेपालीको नाम खुलाइएको छैन ।सोही उडानका अर्का एक यात्रुले विमान उड्न लागेको बेलामा फोनमा कुरा गर्दै उक्त विमान मध्य आकाशमा पड्किने भएकोले नयाँ दिल्ली पुग्ने निश्चित नभएको उल्लेख गरेको वयान उनले प्रहरीलाई दिएका छन् ।हल्लापछि सुरक्षित स्थलमा लगेर यात्रुहरु ओराली विमान खाली गराइएको थियो । पाँच घन्टा लगाएर गरिएकोे जाँचमा कुनै विष्फोटक पदार्थ नभेटिएपछि ती नेपाली पक्राउ परेका थिए ।

रक्सीले मात्तिएका ती नेपालीले आफू भविष्यवक्ता भएको प्रहरीलाई बताएको समाचारमा जनाइएको छ ।

0 comments:

Post a Comment