Wednesday, March 2, 2011

महिलाको गुप्तांङमा ताल्चा !


एजेन्सी । एक्काइसौ शताब्दीमा तपाईलाई यो समाचारले अचम्म लाग्ला तर विश्वका केही देशका आदीवासी समुदायमा पुरुषले महिलाको गुप्तांङमा ताल्चा लगाउने प्रचलन कायम छ । उनीहरुले अझै पनि महिलालाई बाधेर राख्ने र विभिन्न प्रकारका यातना समेत दिने गर्दछन् ।ब्राजिल, इथियोपिया, अफ्रिकालगायतका केही मुलुकका आदिवासी पुरुषले आफ्नी श्रीमतिलाई परपुरुष गमनबाट रोक्न गुप्तांगमा ताल्चा लगाइदिने चलन अहिले पनि कायम छ । प्रायः जंगलमा रहने ‘अउरे’ नामक ब्राजिलका जातिमा श्रीमान घरबाहिर अर्थात् शिकार खेल्न जाँदा श्रीमतीको गुप्तांगमा काठको छेकेवार लगाई ताल्चा ठोकिदिन्छन् ।ताल्चा लगाए पनि सहवासबाहेक दिसा पिसाव गर्न आइमाईलाई अप्ठ्यारो भने पर्दैन । यो जातिमा महिलालाई दिसापिसाव गर्न मिल्ने ठाउमा पुग्ने गरी खुट्टामा डोरीले बाँध्ने पनि गरिन्छ । शिकारबाट फर्केपछि आफूले चाहेको बेलामात्र श्रीमानले श्रीमतीको गुप्तांङको चाबी खोलिदिन्छन् ।भारतका केही आदिबासीमा पनि यस्तो चलन रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

0 comments:

Post a Comment