Sunday, February 13, 2011

चिनिया“ कम्पनीले विलासी हेलिकप्टर बनाउने


एक घर घरायसी चिनियाँ मोटर निर्माताले नियामक निकायबाट युरोकप्टरको प्रविधि प्रयोग गरी विलासी हेलिकप्टर बनाउने अनुमति पाएको छ ।उद्योग र वाणिज्यका लागि राज्य प्रशासन (एसएआईसी) ले पूर्वी चिनियाँ झेजियाङ राज्यमा रहेको अन्तर्राष्ट्रिय समूह झोङ ओउ इन्टरनेसनल ग्रुपलाई हेलिकप्टर ‘एसेम्बल’ गर्नका लागि स्वीकृति प्रदान गरेको कम्पनीका अध्यक्ष उ गुओलिनले जानकारी दिएका छन् ।एक नमुना हेलिकप्टरको ‘एसेम्बल’ कार्य यही वर्षको अन्त्यबाट सुरु हुने उले बताए ।
यो विलासी हेलिकप्टरले अन्य सामान्य चिनियाँ कम्पनीले प्रयोग गर्ने गरेको पिस्टन इन्जिनको सट्टामा टर्बो चार्ज इन्जिन प्रयोग गर्ने भएको छ ।उनले आगामी वर्षको जूनबाट आपूर्ति सुरु गरिने यो हेलिकप्टरको मूल्य ३ करोड देखि ६ करोड युआनको बीचमा (४० लाख ५५ हजार अमेरिकी डलर) रहने जानकारी दिए ।उत्पादनका लागि कम्पनीले पहिलो चरणमा ५० करोड युआन लगानी गरिसकेको छ । यो लगानीबाट जियाङसु प्रान्तको चाङ्सुमा ३३.३ हेक्टर जमिनमा आधार तयार पारिनेछ ।उका अनुसार कम्पनीले सांघाईमा १३.३ हेक्टर जमिनमा दोस्रो उत्पादन आधार पनि तयार पारिसकेको छ ।कम्पनीले ‘सीकेडी’ माध्यमबाट हेलिकप्टर निर्माण गर्ने योजना बनाएको र पछि आवश्यक सबै तत्व चीनमै निर्माण गर्ने पनि उले बताए ।सुरुमा मोटरसाइकल र अटोमोटिभको पार्ट्सको निर्माता झोङ ओउ इन्टरनेसनल ग्रुपले २००२ मा उच्च प्रविधिको घरायसी मोटर निर्माण गरेको थियो । कम्पनीले जर्मन अटोनिर्माता मर्सिडिज बेन्जको सहकार्यमा बेन्ज ब्रान्डको मोटर निर्माण गर्ने सम्झौतामा पनि हस्ताक्षर गरिसकेको छ ।युरोकप्टर आम्दानीको दृष्टिकोणबाट विश्वकै ठूलो हेलिकप्टर निर्माता युरोपियन ‘एरोनोटिक’, डिफेन्स एन्ड स्पेस कम्पनी (ईएडीएस) को पूर्ण स्वामित्वमा सञ्चालित हेलिकप्टर कम्पनी

0 comments:

Post a Comment