Monday, February 14, 2011

युरोपभर एकै किसिमको मोबाइल चार्जर


ब्रसेल्स। युरोपका प्रायः सबैदेशमा अबदेखि सबै कम्पनीको मोबाइल फोनका लागि एउटै चार्जरको प्रयोग गर्नेगरी तयारी गरिएको समाचार छ ।एउटै चार्जरबाट युरोपको कुनै पनि स्थानमा कुनै पनि कम्पनीको मोबाइल फोनको चार्ज गर्न सकिनेगरी त्यसखालको प्रविधिको विकास गर्ने तयारी भएको सो समाचारमा उल्लेख छ ।युरोपेली युनियनको १४ प्रमुख मोबाइल फोन कम्पनीले यसमा सहमति जनाएका छन् । कम्पनीहरूले यसबाट ग्राहक वर्गलाई राहत प्राप्त हुने र इलेक्ट्रोनिक झन्झटलाई कम गर्नसकिने बताएका छन् ।यस्तो समान चार्जरको यसै वर्षबाट बिक्री सुरु हुनेछ । सहमति जनाउने कम्पनीहरूमा एप्पल, एमब्लेज मोबाइल, हुआवेइ, टेक्नोलोजिज, एलजिई, मोटोरोला, एनइसी, नोकिया, क्वालकम, रिम, सामसुङ, सोनी इरिक्सन, टिसिटी मोबाइल, टेक्सास इन्स्ट्रुमेन्ट्स र एटमेल रहेका छन् । एजेन्सी

0 comments:

Post a Comment