Monday, February 14, 2011

राजेशको ‘गोप्य’ भ्यालेन्टाइन कोसँग ?


अक्सर राजेश हमाल आफ्नो निजी जीवनबारे मिडियामा खुलिहाल्दैनन् । अझ प्रेम र बिबाह त यस्ता विषय हुन् राजेशका लागि कि उनी गएको दुई दशकदेखि लगभग एउटै जवाफ दिंदै आएका छन् ।तर भ्यालेन्टाइन डेको अघिल्लो दिन एक चलचित्रको सुटिङकाक्रममा राजेश हमाल सञ्चारकर्मीहरूसँग प्रेम र बिबाहबारे खुलेरै प्रस्तुत भए । ४७ वसन्त पार गर्दापनि लगनगाँठो नकसेका राजेशले प्रेम, बिबाह र जीवनका बारेमा सानोतिनो प्रवचन नै दिए ।सयौँ चलचित्रमा प्रेम र बिबाहबारे हजारौंथरि डाइलग बोलिसकेका राजेशका लागि यो कुरा त्यति अप्ठ्यारो भएन ।त्यतिकैमा एक सञ्चारकर्मीले सोधे- ‘दाई यसपालाको भ्यालेन्टाइन चाहिँ कसरी मनाइंदै छ नि ?’ त्यसपछि राजेशले भने ‘यसपालाको भ्यालेन्टाइन म कुनै प्रेमिकासंगै मनाउँछु तर त्यो को हो भन्ने चाहिँ सेक्रेट ।’आफ्नो भ्यालेन्टाइन को हो भन्ने पत्ता लगाउन उनले सञ्चारकर्मीसमक्ष चुनौती नै पेश गरे । जवानीले डाँडा काटेपछि भ्यालेन्टाइन डे मनाउन कस्सिएका राजेशको भ्यालेन्टाइन आखिर को होलिन त ?

0 comments:

Post a Comment