Monday, January 17, 2011

४७ का राजेशलाई १६ की कविता


त्यसो त ६० नाघेका नायक अमिताभ बच्चनले १६ वर्षकी नायिका जिया खानसँग बलिउड चलचित्र निशब्दमा इश्क लडाएका हुन् । त्यो हिसावमा भन्ने हो भने ४७ वर्षका राजेशले १६ वर्षकी नायिकासँग चलचित्रमा इश्क लडाउँदा नहुने भन्ने कुरा त आउँदैन ।तर यो प्रस्ताव अहिल्यै पास होला जस्तो छैन । खासमा राजेशसँग जोडी बनाउन खोजिएकी १६ वर्षे युवती हुन्, कविता मानन्धर । यी कविता करिश्मा मानन्धरकी छोरी हुन । छोरीभन्दा आमा तरुनी देखिने करिश्माका लागि राजेश निक्कै हिट जोडी मानिएका थिए । तर आमा करिश्माले बल्दो क्यारिअरलाई बाई बाई गरेर अमेरिका हिंडेपछि राजेश र करिश्माका बन्दो, मिल्दो जोडी टुटेको थियो ।आमा करिश्मा अहिले अमेरिकाबाट नेपाल आएकी छन्, साथै ल्याएकी छन् १६ वर्षे छोरी कविता । त्यसो त कविता पनि आमाभन्दा कम देखिंदैनन् । त्यसैले यो प्रस्ताव लिएर एक जना निर्माता करिश्माकहाँ पुगे । तर करिश्माले यो प्रस्तावलाई खारेज गरिन् । कविताको फिल्मी लाइनमा आउने इच्छा छैन भनेर । खासमा यो कविताको इच्छा होइन की अझै केही वर्ष छोरीभन्दा आमा बिजी हुने उपाय हो थाहा नपाएर निर्माता रनभुल्लमा छन् ।

0 comments:

Post a Comment