Friday, January 21, 2011

सञ्चितालाई थपिने भो टेन्सन


मुम्बई पुगेर फिल्मी क्यारिअर सुरु गर्न खोजेकी सञ्चिता लुईंटेलमाथि अर्को दशा थपिने भएको छ । त्यो दशा हो निखिलकी श्रीमती कोपिला उप्रेती । कोपिला मुम्बईमा गायब भएका पति निखिललाई खोज्न निस्किएकी छन्, यसको मतलव हो, सञ्चिता माथि अर्को दशा ।निखिलसँग दोस्रो विवाह गरेर सञ्चिता मुम्बई पुगेकी थिइन् । निखिलसँग मुम्बई पुग्दा सञ्चिताले नेपाली सिनेमाबाट हाट धुनुपर्‍यो । मुम्बईमा गएर फिल्ममा क्यारिअर खोज्ने प्रयास सफल नभए पछि टेलिसिरियलतर्फ लागिन । तर भाषा लगायतका समस्या भए पछि उनले टेलिसिरियलमा पनि मौका पाउन सकिनन् ।उता नेपालबाट लगेर गएको अलिकति पैसा अवैध पति निखिलसँग बस्दाबस्दा सकिए पछि उनीमाथि अर्को समस्या थपियो । यही समस्या समाधान गर्न सञ्चिताले बुटिकमा काम गर्ने निर्णय गरिन । बुटिकमा काम गरिरहेकी सञ्चितालाई कोपिलाले मुम्बईमा पुगेर तमाशा देखाइन भने हालत के हुने हो ? अहिल्यै भन्न गाह्रो छ ।

0 comments:

Post a Comment