Monday, December 20, 2010

निखिल-सञ्चितामा फाटो


भित्री खबरलाई आधार मान्ने हो भने मुम्बइसम्म भागेर प्रेम विवाह गरेका निखिल र सञ्चितावीच ‘अल इज वेल’ छैन । उनीहरुवीच ‘समथिङ रङ’ भैरहेको छ । त्यसैले त एक वर्षदेखि मुम्बइमा बसिरहेका यी दुई न त विवाह गर्न सकिरहेका छन् न त छुट्टनि नै ।उनीहरुको विवाहलाई प्रेम विवाह भनिएको छ, सञ्चिताले निखिलकै नाममा सिन्दुर र मंगलसुत्र लगाउने गरेकी छन् तर निखिलले यो कुरालाई अहिलेसम्म सार्वजनिक रुपमा स्वीकार गरिसकेका छैनन् ।त्यसैले पनि यो जोडीवीच सबै कुरा राम्रो छ भन्ने दावीमा शंका छ । त्यसो त मुम्बइको एक वर्षे संघर्षले पनि खास उपलब्धि हाँसिल नगरेपछि सञ्चिताले एउटा बुटिकमा काम थालेकी छन । नेपालबाट लगेको खर्चपर्च सकिए पछि बुटिकमा काम थालेकी सञ्चिताको चाहना अब नेपाल र्फकनुमा छ तर निखिल भने नेपाल र्फकन चाहिरेका छैनन् ।कतै यही विषयले यी दुईवीच ठूलो दरार उत्पन्न गरेको त होइन कलिउडको बजारमा यस्तै प्रश्न सुन्न थालिएको छ ।

0 comments:

Post a Comment